मदिरा पसलमा ग्राहकको भिड, यस्तो छ कारण

काठमाडौँ । छिमेकी मुलुक भारतको उत्तर प्रदेश राज्यस्थित नोएडाका मदिरा पसलमा ग्राहकको भिड उर्लिएको छ । मानिसहरू बिहानैदेखि लाइनमा बसेर मदिरा खरिद गर्न थालेका छन् । कतिपयले त कार्टुनका कार्टुन मदिरा खरिद गरेर लगेका छन् ।
नोएडाको सेक्टर–१८ स्थित एक मदिरा पसल बाहिर जम्मा भएका ग्राहकको भिडमा छायाङ्कन गरिएको भिडियोमा कोही लाइन लागेर पालो कुरिरहेका, कोही मदिरा किनेर बाहिरिएको दृश्यसमेत देख्न सकिन्छ ।
भारतमा निश्चित व्यवसायीले मात्र मदिरा बिक्री गर्न पाउँछन् । सरकारबाट अनुमति लिएर निश्चित क्षेत्रमा मदिराको कारोबार हुने गर्दछ । प्रत्येक वर्ष यस्ता पसलका लागि आवेदन दिएर स्वीकृति लिनुपर्ने व्यवस्था सरकारले गरेको छ ।
चालु वर्षका लागि दिइएको अनुमतिपत्रको अन्तिम दिन ३१ मार्च हो । १ अप्रिलदेखि फेरि एक वर्षका लागि नयाँ अनुमतिपत्र लिनुपर्ने हुन्छ । ३१ मार्चपछि त्यस्ता पसलमा रहेका मदिरा सरकारले जफत गर्दछ । त्यसैले व्यवसायीहरूले आफ्नो स्टकमा रहेका सबै मदिरा बिक्री गर्नका लागि विभिन्न अफर सार्वजनिक गरेका छन् ।
कतिपय पसलमा एक बोतल मदिरा खरिद गर्दा अर्को बोतल सित्तैमा दिने अफरसमेत छ । त्यसैले यतिबेला नोएडाका मदिरा पसलमा भिड लागेको दृश्यसहितका भिडियो सामाजिक सञ्जालमा समेत भाइरल भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलनका क्रममा झडप
-
जनप्रदर्शनमा सहभागी हुन सबै प्रजातन्त्रवादी र राष्ट्रवादीलाई महामन्त्री राणाको आह्वान
-
एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
-
दुर्गा प्रसाईं र रविन्द्र मिश्रलाई म्याद थप गर्न अदालत लगिँदै
-
प्रधानन्यायाधीश राउतसहितको भ्रमण दल बेलायत प्रस्थान
-
दोब्बरले बढ्यो लसुन आयात, जान्छ कहाँ ?