आइतबार, १७ चैत २०८१
ताजा लोकप्रिय
संसद् बैठक

कुलमान बर्खास्ती प्रकरण : प्रतिनिधिसभामा विपक्षीको अवरोध

बुधबार, १३ चैत २०८१, ११ : ४४
बुधबार, १३ चैत २०८१

काठमाडौँ । विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा अवरोध गरेका छन् । सभामुख देवराज घिमिरेले बुधबारको सदन सुरु गर्ने वित्तिकै विपक्षी दलहरूले उठेर अवरोध गरेका हुन् । 

त्यसपछि सभामुख घिमिरेले माओवादी सांसद शक्ति बस्नेतलाई बोल्न समय दिए । बस्नेतले संख्याको बलमा जनताका आशा गुमाउन सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको बताए ।

 विद्युत् बक्यौता उठाउन लाइन काट्न हुँदैन भन्ने मन्त्रीको आदेश नमानेकाले उनलाई पटक–पटक स्पष्टीकरण सोधेर हटाइएको बस्नेतले बताए । 

बस्नेतले दुई तिहाइको सामर्थ्य राख्ने सरकारले एक राष्ट्र सेवकको मानमर्दन गरेको बताए । 

४ महिनापछि स्वतः अवकाशमा जाने घिसिङलाई हटाएर किन सरकारले आफ्नो औचित्य गुमाइरहेको छ भन्दै प्रश्न गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले घिसिङलाई हटाएको कारण नदिएसम्म संसद् चल्न नसक्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप