सम्पदा पदमार्गको रूपमा विकास हुँदै नक्साल (तस्बिरहरू)
_JSVB2EsEH9.jpg)
काठमाडाैँ । केही वर्षदेखि अस्तव्यस्त रहेको काठमाडौँ उपत्यका भित्रको ऐतिहासिक नगरी नक्सालको नागपोखरी देखि भगवतीबहाल सम्म जाने सडक निर्माण अन्तिम चरणमा पुगेको छ । कालोपत्रे सडक भत्काएर अहिले ढुङ्गा छापिएको यो सडक ठेक्का लागेको दुई वर्षपछि बल्ल निर्माण अन्तिम चरणमा पुगेको हो ।
सो सडक निर्माणका क्रममा विभिन्न विवाद समेत सुरु भएको थियो । काठमाडौँ उपत्यका विकास प्राधिकरण मातहतको काठमाडौँ जिल्ला आयुक्तको कार्यालयले सो सडक भत्काएर त्यसमाथि ढुङ्गा छाप्नलाई प्रक्रिया अघि बढाएको थियो, कतिपय स्थानीयले यो ठाउँमा ढुङ्गा बिछ्याउन नहुने र कालोपत्रे गर्नुपर्ने माग गरेका थिए ।
विशेष गरी ठुला गाडी र मालवाहक ट्रक प्रवेश नहुने भए पछि सो क्षेत्रमा व्यापार–व्यवसाय गरिरहेका स्थानीयले कालोपत्रे गर्नु पर्ने माग राखेका थिए । लिच्छविकालीन नगरीको रूपमा रहेको नक्सालमा पुरातात्त्विक महत्वका सम्पदाहरू राजा मानदेवको पालाको शंकरकीर्ति बिहार, तीन सय वर्ष पुरानो नन्दीकेशर मन्दिर र सात सय वर्ष पुराना घरहरू समेत रहेका छन् ।
जसकारण सम्पदा संरक्षण अभियन्ता र सम्पदा प्रेमीहरूको पहलमा भगवती बहालदेखि नारायण चौरसम्मको ४१० मिटर र कमलपोखरीबाट सिंह दोबाटो जाने ४२२ मिटर लामो सडकमा ढुङ्गा बिछ्याउने काम अगाडि बढाएको हो ।
प्राधिकरणले चार करोड ५१ लाख ६५ हजार ७०६ रुपैयाँ लागतमा निर्माण गरिरहेको यो सडक ‘हेरिटेज वाक वे’ अर्थात् सम्पदा पदमार्गका रूपमा निर्माण गरिँदै छ। तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री भन्छन्, ‘मधेसमा योजना किन्ने र बेच्ने चलन धेरै छ’
-
नेपालले हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने
-
‘भूठान’ को प्रिमिएरमा नेता र कलाकारले के भने ?
-
दुई जनालाई सरकारी वकिलको उन्मुक्ति, पीडित परिवार भन्छन्– ‘न्याय पाएनौँ’
-
प्रभु साहको प्रश्नः नेपालमा लोकतन्त्र छ कि दलतन्त्र ?
-
साउदीबाट फर्किँदा पाकिस्तानी हवाई क्षेत्र छलेर आए मोदी