शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय
राजनीति

भूमिसम्बन्धी अध्यादेशबारे छलफल गर्न सत्तापक्षीय बैठक बालुवाटारमा बस्दै

बुधबार, १३ चैत २०८१, १० : १७
बुधबार, १३ चैत २०८१

काठमाडौँ । सत्तापक्षीय दलका शीर्ष नेताहरुको बैठक आज बुधबार पनि बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बजे बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा भूमिसम्बन्धी अध्यादेशबारे छलफल हुने बुझिएको छ । सरकारले ल्याएका पाँचवटा अध्यादेश प्रतिस्थापन विधेयकका रुपमा संसदबाट स्वीकृत भएपनि  भूमिसम्बन्धि अध्यादेश ‘होल्ड’को अवस्थामा छ । 

यसअघि मंगलबार बसेको सत्तापक्षीय दलको बैठकमा विचाराधीन विधेयकलाई यथाशीघ्र टुङ्गोमा पुर्‍याउनेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा सङ्घीय संसद्मा विचाराधीन विधेयकहरूलाई संसदीय प्रक्रियाबाट यथाशीघ्र टुङ्गोमा पुर्‍याउन पहल गर्नेबारे नेताहरुले जोड दिएको बुझिएको छ । 

मंगलबारको बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा सिके राउत, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी थिए ।

तर सरकारलाई समर्थन गरेको जसपा नेपाल भने सहभागी भएको थिएन । आजको बैठकमा पनि जसपा नेपाल सहभागी हुने नहुने अनिश्चित छ । जसपा नेपालले भूमिसम्बन्धि अध्यादेश सरकारले फिर्ता गर्नुपर्ने अडान लिँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप