पपुआ न्यू गिनीले फेसबुकमाथि लगायो प्रतिबन्ध

पोर्ट मोर्सबी । पपुआ न्यू गिनीले विश्वको सबैभन्दा ठुलो सामाजिक सञ्जाल फेसबुकमाथि प्रतिबन्ध लगाएको छ । गलत सूचना प्रवाह र पोर्नोग्राफीलाई रोक्न यो कदम चालेको अधिकारीहरूले भनेका छन् । सोमबार यो प्रतिबन्ध लगाइएको हो ।
सामाजिक सञ्जालमाथि अचानक यसरी बन्देज लगाएपछि विपक्षी दलका सांसदहरू र राजनीतिक आलोचकहरूले सरकारको आलोचना गरिरहेका छन् । उनीहरूले सरकारको यस कदमलाई मानव अधिकार हनन भनेका छन् । यस कदमको बचाउ गर्दै प्रहरी मन्त्री पिटर सियामालिली जुनियरले चाँहि सरकारले वाक स्वतन्त्रता दबाउने प्रयास नगरेको भनेका छन् ।
सर्वसाधारणलाई हानिकारक कन्टेन्टबाट जोगाउनु सरकारको दायित्व भएको उनको भनाइ छ । पपुआ न्यू गिनीमा फेसबुक सबैभन्दा बढी प्रयोगमा आएको सामाजिक सञ्जाल हो । विक्री बढाउन साना व्यवसायहरूले समेत यसकै भर गर्ने गरेका छन् ।
देशमा छापा स्वतन्त्रता खुम्चिँदै गइरहेको समयमा सामाजिक सञ्जालमार्फत सार्वजनिक विषयहरूमा छलफल भइरहेका छन् । फेसबुकमाथिको प्रतिबन्धलाई धेरैले देश डरलाग्दो अवस्थामा पुगिरहेको र यो निरङ्कुशता रोक्न कसैसँग पनि तागत नभएको भन्ने खालका आशयसहितका पोस्ट आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकको आन्दोलन, विद्यार्थीको भविष्य र सरकारको अकर्मण्यता
-
रिह्याबमा मृत्यु प्रकरण : सञ्चालकसहित ३ जना पक्राउ
-
बोल्दा निरङ्कुश सरकारले आफ्नै मन्त्रीलाई बर्खास्त गर्यो : माओवादी केन्द्र
-
‘रक्सी चोर को ?’ भन्दै संसद्मा जुहारी
-
बालबालिकामा सकारात्मक सोच विकास गर्न शिक्षकहरूको आग्रह
-
ललितपुरको रिह्याब सेन्टरमा पुरुषको मृत्यु