शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय

विरोधका बिच श्रीमतीको साथमा जेडी भान्स पनि जाने भए ग्रिनल्यान्ड

बुधबार, १३ चैत २०८१, ०९ : ५३
बुधबार, १३ चैत २०८१

वासिङ्टन डीसी । अमेरिकाकी द्वितीय महिला उषा भान्सको आसन्न ग्रिनल्यान्ड भ्रमणमा उनका श्रीमान् उपराष्ट्रपति जेडी भान्स पनि जाने भएका छन् । ग्रिनल्यान्ड कब्जा गर्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको बारम्बारको अभिव्यक्तिका बिच ग्रिनल्यान्डले उषासमेत केही अमेरिकी अधिकारीहरूको भ्रमणको विरोध गरिरहेको थियो । यसैबीच भान्स पनि जाने भएका हुन् । 

आर्कटिकमा सुरक्षा सवालबारे ब्रिफिङ लिन भान्स दम्पती पिटुफिक स्पेश बेसमा जान लागेका हुन् । यस भ्रमणका क्रममा उनीहरूले त्यहाँ रहेका अमेरिकी रक्षा बलका जवानहरूलाई पनि भेट्ने ह्वाइट हाउसले भनेको छ । 

भान्स ग्रिनल्यान्ड भ्रमणमा जाने तय हुनु अघि नै उषा त्यहाँ सांस्कृतिक भ्रमणमा जान लागेकी थिइन् । यही हप्ता ट्रम्पको राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज पनि ग्रिनल्यान्डको छुट्टै भ्रमणमा जाँदै छन् । 

अमेरिकी उच्च अधिकारीहरूको आसन्न भ्रमणलाई ग्रिनल्यान्डले उक्साउने खालको र अमर्यादित भन्दै निकै आलोचना गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप