अमेरिकाबाट चीनका लागि उडेको विमान पाइलटकै कारण फर्काइयो, यस्तो छ कारण

वासिंटन । अमेरिकाबाट चीनका लागि उडेको विमानलाई पाइलटकै कारण फर्काइएको छ । करिब दुई हजार पाँच सय किलोमिटर यात्रा गरिसकेको अवस्थामा विमानलाई अमेरिकामै फर्काइएको हो ।
समाचार एजेन्सीहरूका अनुसार अमेरिकाको लस एन्जलसबाट चीनको साङ्घाइका लागि शनिबार उडेको विमानलाई फर्काएर अमेरिकाको सान फ्रान्सिस्कोमा अवतरण गराइएको हो । विमानमा २५७ यात्री सवार थिए ।
युनाइटेड एयरलाइन्सको फ्लाइट ‘यूए १९८’ विमानका पाइलटले आफ्नो राहदानी बोक्न बिर्सिएका कारण विमानलाई बाटोबाटै फर्काउनु परेको हो । पासपोर्ट नबोकेका कारण आफूले चीनमा प्रवेश नपाउने भएकाले पाइलटले विमानलाई बाटोबाटै अमेरिकातर्फ फर्काउनु परेको थियो ।
उक्त विमानका यात्रीलाई एयरलाइन्सले क्षतिपूर्तिस्वरुप खाना खुवाएको थियो । बिच बाटोबाटै फर्काएका यात्रीले विमान अवतरण गरिसकेपछि सान फ्रान्सिस्को विमानस्थलमै रहेको एउटा रेस्टुरेन्टमा खाना खाएका थिए ।
एयरलाइन्सले अर्को पाइलट व्यवस्थापन गर्दै साङ्घाइका लागि विमान पठाएको थियो । उक्त विमान निर्धारित समयभन्दा करिब ६ घण्टा ढिलो गन्तव्यमा पुगेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा तालिवानविरूद्धको कारबाहीका क्रममा झडप, सर्वसाधारणसहित आठ सैनिकको मृत्यु
-
पहिलो जीतको खोजीमा रहेका गुजरात र मुम्बईको भिडन्त आज
-
घलेगाउँमा ग्रामीण पर्यटन प्रवद्र्धन तथा रजतजयन्ती समारोह हुँदै
-
राजावादीहरूको हिंसात्मक प्रदर्शन : दोषीलाई कानुनी दायराभित्र ल्याउन रास्वपाको माग
-
‘कुनै पनि बहानामा हिंसात्मक गतिविधि स्वीकार गर्न सकिँदैन’
-
रमेश लेखकलाई माधवको प्रश्न : प्रहरी प्रशासनले तपाईंको आदेश मान्न छोडेकाे हाे ?