हमासको विरोधमा गाजामा प्यालेस्टिनीहरू पहिलो पटक उत्रिए सडकमा

रफाह । मंगलबार गाजामा हमास विरुद्ध विरोध प्रदर्शन भएको छ । उत्तरी गाजाको बेइत लाहियाको सडकमा सयौं मानिसहरूले यो विरोधमा भाग लिएका थिए । इजरायल र गाजाबीचको युद्ध सुरु भएपछि मानिसहरू हमासको विरोधमा यति ठुलो संख्यामा बाहिर निस्केको यो पहिलो पटक हो । प्रदर्शनकारीहरूले हमासले अब सत्ता त्याग्नुपर्ने माग गरेका थिए ।
यसैबिच, नकाबधारी हमासका लडाकुहरूले बल प्रयोग गरेर प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने प्रयास गरेका थिए । केही लडाकुहरूको हातमा हतियार पनि थियो । उनीहरूले प्रदर्शनकारीहरूलाई कुटपिट गरेको बताइएको छ । हमासका आलोचक मानिने सामाजिक कार्यकर्ताहरूले सामाजिक सञ्जालमा केही भिडियोहरू भाइरल बनाएका छन् ।
तीमध्ये धेरै युवाहरू उत्तरी गाजाको बेइत लाहियाको सडकमा देखिए । उनीहरूले ‘बाहिर... बाहिर... बाहिर...हमास बाहिर’ भन्ने नारा लगाइरहेका थिए । यद्यपि, हमासका समर्थक मानिने समूहहरूले यस विषयमा हमासको बचाउ गरे । हमास समर्थकहरूले यी प्रदर्शनहरूलाई सामान्य भनेका छन् ।
यी विरोध प्रदर्शनमा भाग लिनेहरू देशद्रोही भएको उनीहरूको भनाइ छ । यस विषयमा हमासको तर्फबाट कुनै बयान आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलनका क्रममा झडप
-
जनप्रदर्शनमा सहभागी हुन सबै प्रजातन्त्रवादी र राष्ट्रवादीलाई महामन्त्री राणाको आह्वान
-
एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
-
दुर्गा प्रसाईं र रविन्द्र मिश्रलाई म्याद थप गर्न अदालत लगिँदै
-
प्रधानन्यायाधीश राउतसहितको भ्रमण दल बेलायत प्रस्थान
-
दोब्बरले बढ्यो लसुन आयात, जान्छ कहाँ ?