बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय

ब्राजिलविरुद्ध अर्जेन्टिनाको सानदार जित, विश्वकपमा छनोट

बुधबार, १३ चैत २०८१, ०८ : ४८
बुधबार, १३ चैत २०८१

काठमाडौँ । घरेलु मैदानमा ब्राजिलविरुद्ध अर्जेन्टिनाले सानदार जित हासिल गरेको छ ।  आज बिहान भएको खेलमा ब्राजिलविरुद्ध ४–१ को सहज जित निकाल्दै अर्जेन्टिनाले फिफा विश्वकप–२०२६ मा स्थान पक्का गरेको हो ।

स्टाडियो मास मोनुमेन्टलमा सम्पन्न खेलमा फिफा विश्वकपको साबिक विजेतासमेत रहेको अर्जेन्टिनालाई जित दिलाउन हुलियन आल्भारेज, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलेक्सिस र गुइलियानो सिमोनले गोल गरे । ब्राजिलका म्याथेस कुन्हाले एक गोल फर्काएका थिए ।

खेलको चौथो मिनेटमा आल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । त्यसको आठ मिनेटपछि फर्नान्डेजले घरेलु टिमको अग्रता दोब्बर बनाए । 

३७औँ मिनेटमा म्याक एलिस्टरले गोल गरेपछि अर्जेन्टिनाले पहिलो हाफमै ३–१ को अग्रता बनाएको थियो । 

७१औँ मिनेटमा सिमोनले गोल गर्दै अर्जेन्टिनालाई ४–१ को स्थितिमा राखेका थिए । सिमोनको यो राष्ट्रिय टिमबाट पहिलो गोलसमेत हो । यसपछि थप गोल नहुँदा नियमित कप्तान मेसीबिनै मैदान उत्रिएको अर्जेन्टिनाले सहज जित निकालेको हो । 

जितसँगै दक्षिण अमेरिकी छनोटको लिग लिडर अर्जेन्टिनाले १४ खेलबाट ३१ अंकसहित विश्वकपमा स्थान सुनिश्चित गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप