बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सोच ३७ को भएको कारण अभिनयमा अझै जोस छ : हरिवंश आचार्य

बुधबार, १३ चैत २०८१, ०८ : ४०
बुधबार, १३ चैत २०८१

काठमाडौँ । अभिनेता हरिवंश आचार्यले अभिनय समय आफ्नो उमेर सधैँ ३७ सोच्ने बताएका छन् । आफ्नो उमेर ६७ भएपनि सोच ३७ को भएको कारण अभिनयमा अझै जोस हुने गरेको उनको धारणा रहेको थियो । 

मंगलबार सम्पन्न तेस्रो ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’मा ‘सिमली छायामा बसी शीर्षक’को छलफलमा हरिवंशले कलाकार बिजयबरासँग आफ्नो रङ्गमञ्च र सिनेमाका नयाँ पुराना सन्दर्भको चर्चा गरे । यो महोत्सवको अन्तिम सेसन समेत थियो ।

‘मानसिक रूपमा स्वस्थ राख्न म नकारात्मक कुरालाई टेबलटेनिसको बललाई हिर्काएजस्तै गरी प्याट्ट अर्कोतिर फाल्छु’, हरिवंशले भने ‘आध्यात्मिक रूपमा पनि ध्यान अभ्यासले फाइदा पुगेको छ ।’ उनले आफूलाई शारीरिक रूपमा स्वस्थ राख्न अनुशासित भएर सामान्य कसरत गर्ने गरेको सुनाए । 

चरित्र निर्वाह गर्ने क्रममा कहिले युवा त कहिले वृद्ध बन्नुपर्ने भएकोले आवश्यकताअनुसार डेन्टिङ पेन्टिङ पनि गर्ने बताए ।

मण्डला थिएटरको आँगनमा उनले आफूले पहिलो पटक राष्ट्रिय नाचघरमा नाटक गर्दाको क्षण स्मरण गर्दै आफ्ना गुरुहरू जितेन्द्र महत अभिलाषी र हरिप्रसाद रिमाललाई सम्झिए । 

हास्य व्यङ्ग्य, प्रहसन र नाटकमा धेरै फरक छैन भन्दै उनले आफू सधैँ नाटकको नजिक रहेकोमा जोड दिए । कार्यक्रममा आफू नाटकको पृष्ठभूमिबाट आएकोले नै जग बलियो भएको तर्क गर्दै उनले अहिलेको सिनेमा क्षेत्र नै थिएटरका कलाकारले नेतृत्व गरेको तर्क गरे ।

त्यस्तै ‘पूर्णबहादुरको सारङ्गी’पछि चर्चाको शिखरमा पुगेका विजयले हरिवंशलाई सफल कलाकारले आफूलाई सफलताको विन्दुमा टिकाइराख्न कत्तिको सहज हुन्छ वा तनाव हुन्छ ? प्रश्न राखेका थिए । 

जवाफमा उनले भने, ‘उमेर र अनुभव यति धेरै भइसक्यो तर मलाई हरेक पटक शोमा जानुभन्दा अगाडि मुटु ढुकढुक भइरहेको हुन्छ । दुई तीन पल्ट ट्वाइलेट पनि जान्छु । मनमा एक किसिमको डर उत्पन्न भइरहेको हुन्छ ।’ उक्त अवसरमा  हरिवंशले आफ्नो आगामी फिल्म ‘भूठान’मा काम गर्दाको प्रसङ्ग पनि सुनाएका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप