बिहीबार, १४ चैत २०८१
ताजा लोकप्रिय

नारायणको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल

बुधबार, १३ चैत २०८१, ०५ : ३५
बुधबार, १३ चैत २०८१

आज विक्रम संवत २०८१ साल चैत्र १३ गते, बुधबार । ईश्वी सन् २०२५ मार्च २६ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४६ । चैत्र कृष्णपक्ष । तिथि–द्धादशी, ४१ घडी ४३ पला, बेलुकी १० बजेर ४५ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–धनिष्ठा, ४४ घडी ४२ पला, बेलुकी ११ बजेर ५६ मिनेट उप्रान्त शतभिषा । योग–सिद्ध, ९ घडी ९ पला, बिहान ९ बजेर ४३ मिनेट उप्रान्त साध्य । करण–कौलव, बिहान ११ बजेर २५ मिनेट उप्रान्त तैतिल, बेलुकी १० बजेर ४५ मिनेट उप्रान्त गर । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–मकर, मध्यान्ह १२ बजेर  १६ मिनेट उप्रान्त कुम्भ । काठंमाडौमा सूर्योदय बिहान ०६ बजेर ३ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर १७ मिनेट । दिनमान ३० घडी ३५ पला ।

आजको बार बेला  
बिहान ०६ बजेर ३ मिनेटसम्म लाभ बेला ।
बिहान ६ बजेर ४ मिनेटदेखि बिहान ७ बजेर ३५ मिनेटसम्म अमृत बेला ।
बिहान ७ बजेर ३६ मिनेटदेखि बिहान ९ बजेर ७ मिनेटसम्म काल  बेला ।
बिहान ०९ बजेर ८ मिनेटदेखि बिहान १० बजेर ३९ मिनेटसम्म शुभ बेला ।
बिहान १० बजेर ४० मिनेटदेखि बिहान १२ बजेर १० मिनेटसम्म रोग बेला ।
मध्यान्ह १२ बजेर ११ मिनेटदेखि दिउँसो १ बजेर ४२ मिनेटसम्म उद्धेग बेला ।
दिउँसो १ बजेर ४३  मिनेटदेखि दिउँसो ३ बजेर १४ मिनेटसम्म चर बेला ।
दिउँसो ४  बजेर १५ मिनेटदेखि बेलुकी ४ बजेर ४६ मिनेटसम्म लाभ बेला ।
बेलुकी ४ बजेर ४७ मिनेटदेखि बेलुकी ७ बजेर ४६ मिनेटसम्म उद्धेग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
दिउँसो १२ बजेर १० मिनेटदेखि दिउँसो १ बजेर ४२ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट  : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रम्हा मुहुर्त
बिहान ४ बजेर २८ मिनेटदेखी बिहान ५ बजेर १६ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।

आजको राशिफल
मेष
(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरु लाभ हुनेछ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेकोछ । रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । सरकारी धन तथा पैत्रिक धन सम्पत्ति हात लागि हुने सम्भावना रहेको छ । व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ ।

बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) व्यवसायलाई समय सापेक्ष परिमार्जन गरि मनग्गे आम्दानी गर्न सकिनेछ । माता पिताको धन तथा सम्पत्ति प्रयोग गरी लाभ लिन सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना आफ्ना भावना साटासाट गर्न सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने योग रहेकोछ । शेयरबजारमा सुझबुझका साथ लगानी गर्नुहोला ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) बिहानको समय मध्ययम रहेकाले स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । मध्यान्हबाट समय राम्रो रहेकाले आफन्त तथा अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । नयाँ काम पाउने तथा सुगम स्थानमा स्थानात्तरणको बलियो सम्भावना रहेकोछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । धार्मिक पुस्तक अध्ययन गरी बौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) बिहानको समय राम्रो रहेकाले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापारकै सवालमा यात्रा हुनेछ । पढाइ लेखाइमा मन जानेछ भने पुरस्कार आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकाले आफन्त तथा चेली माइतीबीच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ, सचेत रहनुहोला । माया प्रेममा धोका हुनेछ भने पति पत्नीबीच दाम्पत्य जीवनमा घटपट आउनेछ । समय तथा परिस्थिती अनुशार नचल्नाले दुख पाइनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) पारिवारिक यात्रा हुने अधिक सम्भावना रहेकोछ भने यात्राका क्रममा विभिन्न मनमोहक दृष्यहरु मन मुटुमा कैद गर्न सकिनेछ । पर्यटन व्यवसाय अगाल्नेहरुले सामान्य धन आर्जन गर्न सक्नेछन् । सबैजना सहभागी हुने व्यापार व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुशी रहनेछन् ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) मामा तथा मावलीबाट तपाईंको काममा सहयोग हुनेछ भने परिवारका आवश्यकताहरु पुरा गर्न सकिनेछ । अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईं आफ्नै पक्षमा हुनेछन् । पढाइ लेखाइमा अरुभन्दा अग्र पंक्तिमा तपाईंको नाम आउने तथा विजयको योग रहेकोछ । व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) रमाइलो भेटघाट हुने तथा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । शुभचिन्तक तथा आफन्तको सल्लाह तथा सुझावलाई शिरोधार्य गर्दै अगाडि बढ्न सके गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने नयाँ योजनाको रुप रेखा कोर्न सकिनेछ । प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न पाइने हुँदा पन प्रशन्न रहनेछ । उपहार तथा भौतिक सम्पत्ति प्राप्तिको योग रहेकोछ ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) बिहानको समय राम्रो रहेकाले आफन्त, दाजुभाई तथा अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । छोटो तथा रमाइलो यात्रा तय गर्न सकिनेछ । उत्पादनमूखि व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकाले स्वास्थ्यमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । राजनीति तथा सामाजिक काममा समय खर्चिनेहरुका लागि समय मध्ययम रहेकोछ ।

धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) तपाईंले शुरु गरेको काममा आफन्त तथा दाजुभाइको सहयोग तथा समर्थन पाइनेछ । व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ भने घर परिवारका आवश्यक्ताहरु पुरा गर्न सकिनेछ । विवादित विषयहरु तपाईं आफ्नै पक्षमा निर्णय हुनेछन् । प्रेममा नजिक हुने समय रहेकोछ भने लामो समयदेखि भेट नभएका मित्रहरु भेटिने हुँदा मन प्रशन्न रहनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलाई पछि पार्दै तपाईंको नाम अग्र स्थानमा आउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) नयाँ प्रकृतिको व्यवसायमा लगानी गर्दा प्रशस्त धन तथा भौतिक वस्तुहरु जोड्न सकिनेछ । सञ्चार पेशा व्यवसायमा समय खर्चिनेहरुका लागि समयले साथ दिनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृड हुनेछ । मनपर्ने भोजन, उत्तम बस्त्र तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने हुनाले मन प्रशन्न रहनेछ । लामो समयदेखि भेटघाट नभएका मित्रहरु भेटिने योग रहेकोछ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकिनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तब्य पहिल्याउन सहज हुनेछ । व्यवसाय फस्टाएर भने लगानीको नयाँ वातावरण बन्नेछ भने आम्दानीमा बढोत्तरीको योग रहेकोछ । राजनीतिमा पद प्राप्तिको  योग रहेकोछ । बिहानको समयमा यात्रा  गर्दा ध्यान दिनुहोला ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) बिहानको समय उत्तम रहेकाले बैकिङ क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । प्रविधिको प्रयोग गरी अध्ययनलाई निरन्तरता दिन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । मध्यान्हबाट साथीभाई तथा आफन्त हरुको भेटघाटले नयाँ काम गर्ने अवसर आए पनि फाइदाको लागि अलिक बढी मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने भए पनि दैनिक काम गर्न गाह्रो हुने छैन ।

तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप