आईपीएलको पाँचौं खेलमा पञ्जाब विजयी, गुजरातले चुनौती पार गर्न सकेन

काठमाडौं । इन्डियन प्रिमियर लिग 'आइपीएल' क्रिकेटको पाचौं खेलमा पञ्जाब किंग्स विजयी भएको छ । नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा पञ्जाब ११ रनले विजयी भएको हो ।
टस हारेर पहिले व्याटिङ गरेको पञ्जाबले नै गुजरात टाइटन्सलाई जितका लागि २ सय ४४ रनको चुनौती पेश गरेको थियो । पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रन बनाएकामा जवाफी व्याटिङ गरेको गुजरात २ सय ३२ रनमै समेटियो ।
गुजरातका लागि साई सुदर्शनले ७४, जोस् बट्लर ५४ र शेरफेन रदरफोर्ड ४६ र शुबमन गिलले ३३ रन बनाए । अन्य व्याट्सम्यानले दोहोरो अंक स्कोर गर्न सकेनन् ।
पञ्जाबका लागि कप्तान श्रेयस अयरले ४२ बलमा अविजित ९७ रन बनाएका थिए । उनले ९ छक्का र ४ चौका हिर्काए । यस्तै, सुरुवाती व्याट्सम्यान प्रियांश आर्याले ४७ रनको योगदान दिँदा मार्कस स्टोइनिसले २०रन जोडे ।
खेलको उत्तरार्धतिर शशांक सिंह चम्किए । उनले १६ बलमा ४४ रन जोडे । गुजरातका साई किशोरले ३ विकेट लिंदा कागिसो रबाडा र रसिद खानले एक-एक विकेट हात पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक राजस्व कार्यालय तनहुँले आठ महिनामा उठायो आठ अर्ब ३१ करोड राजस्व
-
लकडाउनमा फुरेको आइडियाले व्यापारमा तरक्की
-
६८६ कोटामा निमावि तहको शिक्षक पदका लागि आवेदन माग
-
ट्रम्पले गरे अमेरिकामा आयात हुने कार तथा पाटपूर्जामा २५ प्रतिशत कर घोषणा
-
छिम्केश्वरीलाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल
-
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्टपूर्ण