बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रुस-युक्रेन युद्धविराम गर्न सहमत भएको ह्वाइट हाउसको दाबी, जेलेन्स्की अझै सशंकित

बुधबार, १३ चैत २०८१, ०१ : ३७
बुधबार, १३ चैत २०८१

काठमाडौं । रुस र युक्रेन वाणिज्य व्यापारलाई सुरक्षित गर्न तथा सैन्य आक्रमण रोक्न सहमत भएको खबर छ । साउदी अरेबियामा दुबै देशका प्रतिनिधिबीच भएको भेटवार्ताका क्रममा यस्तो सहमति भएको ह्वाइट हाउसलाई उद्दृत गर्दै बीबीसीले जनाएको छ ।

दुई मुलुक युद्धविराम गर्न सहमत भए पनि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस शर्तहरुबारे झुठ बोलिरहेको आरोप लगाएका छन् । रुसले युद्ध विराम लागू हुनु पहिले बैंक, बीमा कम्पनी र खाद्य निर्यातकर्तामाथि लागेको केही प्रतिबन्ध हटाइनु पर्ने बताएको छ । 

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसमाथि शंका गरिरहे पनि युद्ध विराम सम्झौताका लागि अन्य विकल्प निकाल्न सकिने सन्दर्भमा पनि छलफल भएको आफ्ना संवाददाता फ्र्याङ्क गार्डनरको हवाला दिँदै बीबीसीले उल्लेख गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप