मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते
मङ्गलबार, १२ चैत २०८१, २२ : ५३

अछाम । मोटरसाइकल दुर्घटनामा परी आज एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मङ्गलसेन नगरपालिका –५ स्थित मध्यपहाडी लोकमार्गमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सोही नगरपालिका–१ कुन्ती निवासी २० वर्षीय जीवन थापाको मृत्यु भएको हो । मोटरसाइकलको पछाडि बसेका सोही ठाउँका १७ वर्षीय चेतन थापा घाइते भएका छन् ।
ठूलासेनबाट मङ्गलसेन तर्फ जाँदै गरेको से ७ प १४६९ नंको मोटरसाइकल मृतक जीवन थापाले चलाएका थिए । गम्भीर घाइते थापालाई उपचारको लागि जिल्ला अस्पताल मङ्गलसेन ल्याइएकामा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जय पार्कीले जानकारी दिए ।
घाइते चेतन थापालाई थप उपचारका लागि न्याय हेल्थ अस्पताल बयालपाटा रेफर गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, काठमाडौँबाट सेनाको हेलिकप्टर जाँदै
-
सत्तापक्षीय दलको बैठकमा उपेन्द्र यादव पनि सहभागी
-
मदिरा पसलमा ग्राहकको भिड, यस्तो छ कारण
-
कुलमान बर्खास्ती प्रकरण : प्रतिनिधिसभामा विपक्षीको अवरोध
-
भ्रष्टाचार मुद्दामा वडाध्यक्षसहित तीन जनालाई सफाइ दिएपछि सर्वोच्च पुग्यो अख्तियार
-
रास्वपाको प्रष्टीकरण– हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध छौँ