एएफसी एसिया कप छनोट : मलेसियासँग हार्यो नेपाल

काठमाडौँ । एएफसी एसिया कप छनोट खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । सोमबार सुल्तान इब्राहिम स्टेडिममा भएको खेलमा नेपाल ०-२ गाेलले हारेको हो ।
पहिलो हाफमा मलेसियाले खेलमा पूर्ण नियन्त्रण राखेको थियो । सुरुवातदेखि नै नेपालको पोस्टमा आक्रमण गरेको मलेसियाले पहिलो गोलका लागि २९ मिनेटसम्म पर्खनुपरेको थियो ।
हेक्टर हेभलले गोल गर्दै टोलीलाई अग्रता दिलाए । उनको यो डेब्यू खेल पनि हो । उनी पोर्चुगिज क्लब पोर्टिमोनेसेबाट व्यावसायिक फुटबल खेल्छन् ।
दोस्रो हाफमा पनि मलेसियाले नेपालमाथि दबाब कायम नै राख्यो । ७१ औँ मिनेटमा लाभेर कोर्बिन–ओङले टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि भने कुनै गोल हुन सकेन ।
सन् २०२७ को एसिया कप साउदी अरबमा हुँदैछ । आजदेखि तेस्रो चरणको छनोट खेलहरू भइरहेका छन् ।
यसमा विभिन्न देशहरुलाई ६ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ४ वटा टोली छन् । हरेक समूहको विजेता प्रतियोगिताको लागि छनोट हुनेछ ।
नेपाल मलेसियासँगै समूह एफमा रहेको छ । यो समूहमा भियतनाम र लाओस पनि छन् । भियतनामले लाओसलाई ५–० गोलले हराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हमासको विरोधमा गाजामा प्यालेस्टिनीहरू पहिलो पटक उत्रिए सडकमा
-
संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक जारी
-
ब्राजिलविरुद्ध अर्जेन्टिनाको सानदार जित, विश्वकपमा छनोट
-
सोच ३७ को भएको कारण अभिनयमा अझै जोस छ : हरिवंश आचार्य
-
श्रीलङ्काका लागि नेपालका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
नागेन्द्र र रचनाको ‘यती माया गरुकी तिमीलाई’ सार्वजनिक