१० बजे १० समाचार : विरोधबिच कुलमान आउट, हितेन्द्र इन

आज २०८१ चैत १२ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
- कुलमान आउट
संसद्का दुई ठुला दल मिलेर सरकार बनाउँदा पनि ‘देखिने गरी’ कुनै काम नभएको भन्दै विपक्षी दलदेखि सामाजिक सञ्जाल प्रयोगकर्ताले गुनासो गर्दै आएका थिए । सोमबार मन्त्रिपरिषद् बैठकले एउटा निर्णय गर्यो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर सो पदमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकबाट भयो ।
- कुलमानको समर्थनमा प्रदर्शन
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी कुलमान घिसिङलाई पदबाट निकालिएको विरोधमा निकालिएको प्रदर्शनका क्रममा नयाँ बानेश्वर क्षेत्रमा आन्दोलनकारी र प्रहरीबिच धकेलाधकेल भएको छ ।
- हितेन्द्र इन
नेपाल विद्युत प्राधिकरको नयाँ कार्यकारी निर्देशकको रुपमा हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । सरकारको निर्णयसँगै उनले मंगलबार साँझ विद्युत प्राधिकरणमा पुगेर कार्यभार सम्हालेका हुन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कुलमान घिसिङलाई हटाएर शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो । सो निर्णय सरकारले मंगलबार औपचारिक रुपमा सार्वजनिक गरेको थियो ।
- गणतन्त्र भर्सेस राजतन्त्र
गणतन्त्रको पक्ष र विपक्षमा काठमाडौँमा एकैदिन प्रदर्शन हुँदै छ । चैत १५ मा समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्दै छन् ।
- बजेट सिलिङ घट्यो
आगामी आर्थिक वर्ष (२०८२/०८३) का लागि सरकारले बजेट निर्माण प्रक्रियालाई तीव्रता दिइरहेको छ । गत फागुन ६ गते नै राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्षको बजेटका लागि १९ खर्ब ६५ करोड रुपैयाँ बजेट सिलिङ तोकिसकेको छ ।
- हुलाकी राजमार्ग
राष्ट्रिय गौरवका आयोजना अन्तर्गतको एक प्रमुख आयोजना हो हुलाकी राजमार्ग । पूर्वदेखि पश्चिमसम्म तराईका बस्तीहरूमा यातायातको पहुँच विस्तार गर्न आर्थिक वर्ष २०६६/६७ मा यो आयोजना सुरु गरिएको थियो ।
- अमेरिकी नीति
चर्चित अन्तर्वार्ताकार लेक्स फ्राइडमेनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गरिएको कुराकानीको पछिल्लो पोडकास्ट संस्करण इन्टरनेटमा उपलब्ध छ । पोडकास्टमा नरेन्द्र मोदीले चीनबारे खुलेर कुरा गरेका छन् । कुराकानीमा मोदीको जोड संवाद मार्फत चीनसँग स्थिर र सहकार्यात्मक सम्बन्ध स्थापना गर्नुपर्छ भन्ने छ ।
- विवाद सतहमा
नेपाली कांग्रेसमा पार्टीको १४ औँ महाधिवेशनमा एउटै प्यानल बनाएर सभापति र महामन्त्रीमा उम्मेदवार बनेका डा. शेखर कोइराला र गगन थापाबिच संसदीय दलको नेता निर्वाचनबाट सुरु भएको कलह यतिबेला सबैले महसुस गर्ने गरी नै सतहमा आएको छ ।
- बीपी राजमार्ग
संसद्का दुई ठुला दल मिलेर सरकार बनाउँदा पनि ‘देखिने गरी’ कुनै काम नभएको भन्दै विपक्षी दलदेखि सामाजिक सञ्जाल प्रयोगकर्ताले गुनासो गर्दै आएका थिए । सोमबार मन्त्रिपरिषद् बैठकले एउटा निर्णय गर्यो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर सो पदमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकबाट भयो ।
- वातावरणीय प्रभाव मूल्याङ्कन
मध्यपहाडी (पुष्पलाल) राजमार्गको बाग्लुङ बुर्तिबाङदेखि रुकुमको मुसिकोट जोड्ने सडकखण्डको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदनको स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा २०७७ साल असार ३० गते प्रस्ताव दर्ता भएको थियो । करिब ५६ महिना बितिसक्दा पनि उक्त फाइल मन्त्रालयको ‘पेन्डिङ लिस्ट’मै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक जारी
-
ब्राजिलविरुद्ध अर्जेन्टिनाको सानदार जित, विश्वकपमा छनोट
-
सोच ३७ को भएको कारण अभिनयमा अझै जोस छ : हरिवंश आचार्य
-
श्रीलङ्काका लागि नेपालका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
नागेन्द्र र रचनाको ‘यती माया गरुकी तिमीलाई’ सार्वजनिक
-
चैत २० पछि माग पूरा नभएसम्म शिक्षकहरू सडक संघर्षमा उत्रिने