बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय

श्रेयस र शशांकको शानदार ब्याटिङ, गुजरातसामु २ सय ४४ रनको लक्ष्य

मङ्गलबार, १२ चैत २०८१, २१ : ३१
मङ्गलबार, १२ चैत २०८१

अहमदाबाद । इन्डियन प्रिमियर लिग (आईपीएल) को पाँचौँ खेलमा पञ्जाब किंग्सले गुजरात टाइटन्स सामु जितका लागि २ सय ४४ रनको लक्ष्य प्रस्तुत गरेको छ । नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४३ रन बनाएको हो ।

टोलीका लागि कप्तान श्रेयस ऐयरले शानदार ब्याटिङ गर्दै ४२ बलमा नटआउट रहेर ९७ रन जोडे । उनले ५ चौका र ९ छक्का हिर्काए ।

ओपनर प्रियांश आर्याले ४७ रनको योगदान दिए । उनले २३ बलको सामना गर्दै ७ चौका र २ छक्का प्रहार गरे । मार्कस स्टोइनिसले १५ बलमा २० रन जोडे ।

खेलको अन्त्यतिर शशांक सिंहले तीव्र गतिमा रन बनाउँदै मात्र १६ बलमा ४४ रन जोडे । उनले ६ चौका र २ छक्का प्रहार गरे ।

अजमतुल्लाह ओमरजाईले १५ बलमा १६ रन बनाए । प्रभसिमरन सिंह ५ रन तथा ग्लेन म्याक्सवेल शून्य रनमा पभेलियन फर्किएका थिए । गुजरातका लागि साई किशोरले ४ ओभर बलिङ गर्दै ३० रन खर्चेर ३ विकेट लिए । कागिसो रबाडा र रासिद खानको नाममा एक–एक विकेट रह्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप