म्याक्सवेलको नाममा बन्यो आईपीएलको यस्तो खराब रेकर्ड

एजेन्सी, अहमदाबाद । इन्डियन प्रिमियर लिग (आईपीएल) मा ग्लेन म्याक्सवेलको नाममा खराब कीर्तिमान बनेको छ । मंगलबार पञ्जाब किंग्स र गुजरात टाइटन्सबिचको खेलमा म्याक्सवेलको नाममा यो कीर्तिमान जोडिन पुगेको हो ।
खेलमा ग्लेन म्याक्सवेल पहिलो बलमै रनआउट भए । उनी साई किशोरको बलमा एल्बीडब्लू आउट हुन पुगे । योसँगै उनी आईपीएलको इतिहासमा सबैभन्दा धेरै पटक शून्य (डक आउट) रनमा आउट हुने खेलाडी बनेका छन् ।
म्याक्सवेल १९ पटक शून्य रनमा आउट भएका छन् । यसअघि यस्तो खराब कीर्तिमान उनीसँगै संयुक्त रूपमा दिनेश कार्तिक र रोहित शर्माको नाममा थियो । दिनेश र रोहित १८-१८ पटक शून्य रनमा आउट भएका छन् ।
मुम्बई इन्डियन्सबाट खेल्ने शर्मा यसै आईपीएलमा चेन्नई सुपरकिंग्सविरुद्ध पहिलो खेलमा शून्य रनमा आउट हुँदै यो कीर्तिमानमा जोडिएका थिए ।
अहिले म्याक्सवेलले यी दुवै खेलाडीलाई उछिनेका हुन् । उनीहरूबाहेक पियुष चावला र सुनिल नरेन १६-१६ पटक शून्य रनमा आउट भएका छन् ।