फिल्म प्रचार गर्ने अनौठो शैलीः रातो सारी लगाएर सडकमा अभिनेता लखरलखर

काठमाडौं । ‘डोरी’ आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म हो ।
प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मका अभिनेता वीरेन्द्र सिंह कुशवाहा अनौठो भेषमा काठमाडौंका विभिन्न स्थानमा देखापरेका छन् । घाँटीमा डोरीको माला लगाई, रातो सारीमा रिसाएको अनुहारसहित बजार डुलिरहेका कुशवाहालाई सर्वसाधारणले देख्दा अचम्म मानेका छन् । धेरैले उनको फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्, जसले विभिन्न चर्चा तथा चासो हुन थालेको छ ।
फिल्म प्रचार रणनीतिअन्तर्गत गरिएको यो गतिविधिले सर्वसाधारणको ध्यान आकर्षित गर्न सफल भएको निर्देशक अरुण लामाले बताए । उनले फिल्मको कथावस्तु अनुसार प्रचार दर्शकसम्म पुर्याउन यस्तो विधि अपनाइएको जानकारी दिए । फिल्मको ट्रेलरमा वीरेन्द्र यही गेटअपमा देखाइएका थिए ।
‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । फिल्म अरुण आफैँले प्रमुख भूमिका निभाएका छन् भने प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्र सिंह कुशवाहा, शारदा अधिकारी, प्रेम सुब्बा, सजन श्रेष्ठ, रामबाबु रेग्मीलगायत कलाकारको अभिनय छ ।
फिल्मका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन् ।
फिल्मको एक्सन निर्देशक राजु तामाङ, सङ्गीत निर्देशक राजनराज सिवाकोटी, छायांकन निर्देशक सौरभ लामा, कला निर्देशक रोशन दिवाना, सम्पादक मिलन श्रेष्ठ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
आठ महिनामा ५६ अर्बको खानेतेल निर्यात
-
धमाधम हिमाल आरोहणको अनुमति
-
यस्तो छ आज विदेशी मुद्राको सटहीदर
-
आईपीएलको पाँचौं खेलमा पञ्जाब विजयी, गुजरातले चुनौति पार गर्न सकेन
-
लुम्बिनीमा दाताले दिएका विद्युतीय सवारीलाई हरियो नम्बर प्लेटमा परिवर्तन गर्न अदालतको परमादेश