कुलमानको पक्षमा अखिल क्रान्तिकारीले काठमाडौँमा निकाल्यो राँके जुलुस
मङ्गलबार, १२ चैत २०८१, २० : २५

काठमाण्डौँ । कुलमानलाई सरकारले पदबाट हटाएपछि देशभर आन्दोलन चर्किएको छ। खासगरी प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले देशका विभिन्न स्थानमा कुलमानको पक्षमा नाराबाजीसहित पुनर्वहालीको माग गर्दै आन्दोलन गरिरहेका छन् ।
काठमाडौँको बागबजार क्षेत्रमा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले राँके जुलुस निकालेको छ। अखिल क्रान्तिकारीले प्रधानमन्त्री केपी ओलीको पुतलासमेत जलाएको छ ।