बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय

झापामा महिलाको शंकास्पद मृत्यु, श्रीमान पक्राउ

मङ्गलबार, १२ चैत २०८१, २० : १०
मङ्गलबार, १२ चैत २०८१

काठमाडौं । झापाको कन्काई नगरपालिका–५ स्थित नारायणदल चोकमा ४० वर्षीया मनिषा लिम्बुको शंकास्पद मृत्यु भएको छ । मंगलबार बिहान आफु बस्ने घरको बार्दलीमा लिम्बु मृत अवस्थामा फेला परेकी थिइन् । उनको घाँटीमा चोट देखिएको झापाका एसपी मिलन केसीले रातोपाटीलाई बताए ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले उनका श्रीमान् ३९ वर्षीय लालबहादुर मग्रातीलाइ पक्राउ गरेको छ । नारायाणदल चोकस्थित एक घरको आँगनसँगैको टहरमा बस्ने उनीहरु मदजुरी गर्दै आएका थिए । 

सो घरमा २ वर्षदेखी बस्दै आएका उनीहरुबीच मंगलबार राति झगडा परेपछि लिम्बुले आत्महत्या गरेको हुनसक्ने अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । घटनास्थलमा मोबाइल फुटेको अवस्थामा भेटिएको छ । ईलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले झगडा हुँदा मोबाइल फुटेको हुनसक्ने बताए । 

राति झगडा गरेको र बिहान पत्नी झुण्डिएको देखेपछि लालबहादुरले नै सल फुकाएको स्थानीयलाई बताएको र पत्नीको मृत्यु भएको भनेर उनले खबर गरेपछि स्थानीय घटनास्थलमा पुगेका हुन् । 

चक्कु र खुकुरीले लालबहादुर आफैंले घाँटी रेटेको प्रहरीले शंका गरेको छ । डीएसपी विष्ट भन्छन्, ‘लालबहादुरले पनि आत्महत्या प्रयास गरेको आशंका छ, हामी अनुसन्धान गर्दैछौँ।’ चक्कु र खुकुरी प्रहरीले बरामद गरेको छ । मृतकको शव परिक्षणको लागि धरानमा पठाइएको डीएसपी विष्टले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप