बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय

सिराहाका एसपी पण्डितलाई फिर्ता बोलाइयो, शर्मालाई जिम्मेवारी

मङ्गलबार, १२ चैत २०८१, २० : ०३
मङ्गलबार, १२ चैत २०८१

काठमाडौँ । महायज्ञको तयारीका लागि दलितको घर भत्काएको विषय चर्किएपछि जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख एवं एसपी रमेश पण्डितलाई फिर्ता बोलाइएको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एसपी पण्डितलाई फिर्ता बोलाउँदै उनको ठाउँमा अनन्तराम शर्मालाई पठाउने निर्णय भएको हो । शर्मा हाल प्रदेश प्रहरी गण पोखरामा कार्यरत छन् ।

यसअघि गृह मन्त्रालयले सिराहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई फिर्ता बोलाएर उनको स्थानमा विश्वप्रकाश अर्याललाई पठाएको थियो ।

सिराहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ गर्नकै लागि दलितको घर भत्काएर उठीबास लगाएको घटनाको चौतर्फी आलोचना हुँदै आएको छ ।

महायज्ञ गर्न आएका बाबाको निर्देशनमा गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका समिति अध्यक्ष दिलिप यादवले जेसीबी लगाएर दिपक मरिक (डोम) को घर भत्काएर उठीबास गराएको समाचार प्रकाशित भएसँगै जिल्लाको प्रशासनतर्फ र प्रहरीतर्फको नेतृत्व फेरबदल गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप