बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय

राप्रपाको राजसंस्था समर्थित आन्दोलन उपत्यका केन्द्रित हुने

मङ्गलबार, १२ चैत २०८१, १८ : ००
मङ्गलबार, १२ चैत २०८१

काठमाण्डौँ । मंगलबार काठमाडौंमा बसेको राप्रपा आन्दोलन परिचालन मूल समितिले पार्टी पूर्णरुपमा आन्दोलनमा होमिने निर्णय गर्दै आन्दोलनका कार्यक्रम तय गरेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए । 

बैठकले चैत्र २६ गते काठमाडौंमा बागमती प्रदेशस्तरीय विरोधसभा सहितको प्रदर्शन गर्ने र बैशाख ७ गतेबाट राजधानी केन्द्रीत आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको उनले बताए । 

बैठकले राजसंस्था, हिन्दूराष्ट्रको पक्ष र संघीयताको बिपक्षमा शान्तिपूर्ण रुपमा हुने जुनसुकै आन्दोलनलाई समर्थन गर्ने निर्णय गरेको लिङदेनले जानकारी दिए ।

त्यस्तै आन्दोलनका लागि सहकार्य गर्न ढोका खुला गर्ने समेत बैठकले निर्णय गरेको छ ।

त्यस्तै बैठकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई पदबाट हटाउने सरकारको निर्णयको विरोध गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप