बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय
बालुवाटार बैठक

उपेन्द्र यादव नगएपछि सत्ताधारी दलहरूको बैठक निष्कर्षविहीन

मङ्गलबार, १२ चैत २०८१, १८ : ५१
मङ्गलबार, १२ चैत २०८१

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ताधारी दलहरूको बैठक विनानिष्कर्ष टुंगिएको छ । 

मंगलबार दिउँसो बसेको बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी नभएपछि बैठक निष्कर्षविहीन भएको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन् । 

‘कार्यव्यस्ताका कारण जसपा अध्यक्ष अनुपस्थित भएपछि बैठक कुनै एजेन्डामा प्रवेश नगरी सकिएको रातोपाटीसँग श्रेष्ठले भनिन् । 

सोमबारको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेकोमा चौतर्फी विरोध भइरहेको वेला प्रधानमन्त्री केपी ओलीले सत्तापक्षीय दलहरूको बैठक बोलाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप