एनएमबि बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मङ्गलबार, १२ चैत २०८१, १८ : ३२

काठमाडौँ । एनएमबि बैंकले ग्लोबल मनी विक २०२५ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ ।
सो कार्यक्रमअन्तर्गत एनएमबि बैंकले देशको सबै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गर्न सफल भएको छ । ग्लोबल मनी विक २०२५ को नारासहित, बैंकले विभिन्न छेत्रमा प्रभातफेरी कार्यक्रममा समेत सहभागिता जनाएको छ ।
बैंकले आफ्नो सोसल मिडियामार्फत पनि विभिन्न सचेतना तथा अन्य जानकारीमूलक कार्यहरू सञ्चालन गरेको जनाएको छ ।
बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ३ हजार भन्दा बढी व्यक्ति प्रत्यक्ष रूपमा लाभान्वित भएका जनाइएको छ । बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।