बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय

'सरकारले वर्षौँ लगाएर लोडसेडिङ हटाएको हो, कसैको चमत्कारले होइन'

मङ्गलबार, १२ चैत २०८१, १७ : ३०
मङ्गलबार, १२ चैत २०८१

काठमाडौँ । सरकारले वर्षौं लगाएर आयोजना निर्माण गरेका कारण मुलुकबाट लोडसेडिङ अन्त्य भएको प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेका छन् ।  

मंगलबार बालुवाटारमा  सुजता कोइरालाद्वारा लिखित 'म र मेरो सानोबुबा’ (आत्मकथा) लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले कसैका चमत्कारले नभई वर्षौं लगाएर गरिएका कामले बिजुली आएको बताए । 

उनले कुलमान घिसिङले बिजुली, चिम वा ट्रान्समिसन बोकेर आउनु भयो कि ? भन्दै प्रश्न पनि गरे । कुलमानका विषयमा माओवादी अध्यक्ष प्रचण्डले भ्रम छरेको भन्दै उनले कुनै एक व्यक्तिले मात्रै अन्धकार हटाएको भन्ने भ्रममा नपर्न आग्रहसमेत गरे । उनले ससाना कुराहरूलाई समातेर हल्लाखल्ला गर्ने काम भएको पनि जिकिर गरे । प्रधानमन्त्री ओलीले अहिले आफूले सरकारको नायकत्व लिएको भन्दै केही समयपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नायकत्व लिने बताए । 

कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई पार्टीको तर्फबाट पूर्ण सहयोग रहेको बताए । ओली नेतृत्वको सरकारलाई कांग्रेसको पूरापूर सहयोग रहेको र राम्रोसँग अगाडि जानेमा दुईमत नरहेको उनले बताए । कार्यक्रममा सहभागीहरूले नेपाली राजनीतिमा गिरिजाप्रसाद कोइरालाको योगदानको चर्चा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप