अपडेट
सरकारद्वारा कुलमान हटाउने निर्णय सार्वजनिक
मङ्गलबार, १२ चैत २०८१, १९ : ०४

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय सार्वजनिक गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाउने निर्णय गरेकामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार पत्रकार सम्मेलनमार्फत औपचारिक रूपमा जानकारी गराएका हुन् ।
यसअघि सोमबारको बैठकपछि भने गुरुङले कुलमानबारे निर्णय भएको आफूलाई जानकारी नभएको दाबी गरेका थिए । तर, अन्य मन्त्रीहरूले सोमबार नै कुलमान हटाएको सूचना सञ्चारमाध्यमलाई दिएका थिए ।
सरकारले कुलमानलाई हटाउने निर्णय गरेसँगै कांग्रेसकै केही नेता र प्रतिपक्षी दलका नेताले विरोध गर्नुका साथै जनस्तरमा समेत असन्तुष्टि देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार स्वेच्छाचारी बन्दा उठेको आन्दोलनले उथलपुथल ल्याएका थुप्रै छन् दृष्टान्त
-
'द्रौपदी' हेरेपछि उपसभामुख रानाले के भनिन् ?
-
अघिल्लो रिक्त कार्यकालको सेवासुविधा माग्दै हितेन्द्र देव पुगे सर्वोच्च
-
काठमाडौँ महानगर अस्तव्यस्त, दम्भ त्याग्न स्थानीय तह कर्मचारी संघको आग्रह
-
न्यायिक स्वतन्त्रताका लागि कलेजियम प्रणाली
-
इटहरी आगलागीले उब्जाएको प्रश्नः अग्ला भवनमा आगो निभाउने उपकरण खोइ ?