बबिनाको गजल ‘मदहोस’ सार्वजनिक
मङ्गलबार, १२ चैत २०८१, १७ : २०

काठमाडौँ । बबिना भट्टराईको स्वर तथा संगीतमा गजल गीत ‘मदहोस’ सार्वजनिक भएको छ । गजलमा गोबिन्द अर्याल ‘श्रृखला’को शब्द तथा मनोहर सुनामको संगीत संयोजन रहेको छ ।
गीतको भिडियोमा गायिका बबिना आफै देखिएकी छन् । भिडियोमा उनलाई बाद्यवादन समुहसँग स्टेजमा रहेर गजल गाइरहेको देखाइएको छ । म्युजिक नेपालको स्टुडियोमा नकुल कार्कीले रेकर्ड गरेको गजलको मिक्सिङ र मास्टरिङ प्रकाश खरेलले गरेका हुन् ।
ए.जे.अजुको छायांकन र निर्देशन रहेको गजलको भिडियोमा अनिल बिष्टको सम्पादन छ । गजल गायनमा बनिनालाई उपेन्द्र लिम्वु हारमोनियम, दिपक सापकोटा तवला, जय वि.के गितार तथा केशव वि.केले फ्युटमा साथ दिएका छन् ।