कुलमान हटाएकोमा सरकारले पश्चात्ताप गर्नुपर्नेछ : जनार्दन शर्मा

काठमाडौँ । माओवादी केन्द्रका सांसद तथा पूर्वमन्त्री जनार्दन शर्मा प्रभाकारले सरकारले कुलमानलाई हटाएर ठुलो गल्ती गरेको भन्दै भोली पश्चात्ताप गर्नुपर्ने बताएका छन् ।
मंगलबार बसको सार्वजनिक लेखा समितिको बैठकमा नेता शर्माले भने, ‘विद्युत् प्राधिकरणको एमडीलाई सरकारले हिजो हटाएछ । हटाएपछि केके आरोप लगायो होला भनेर हेरेको । उसले (कुलमान) ले काम गर्न नसकेको भन्ने आरोप रहेछ ।’
उनले सरकारको आरोप कसैले पनि नपत्याउने बताए । ‘यो आरोप कसैले पत्याउँदैन मन्त्रीज्यू ! यस्तो वाहियात तर्क गरेर काम गर्ने मान्छेलाई हटाउनु दुखद हो । यो निर्णय सरकारले सच्याओस् आग्रह छ’, निर्णय सच्याउन आग्रह गर्दै शर्माले भने, ‘मैले बजारबाट त्यति वेला योग्यतममध्येबाट कुलमानलाई नियुक्त गरेको थिएँ, परिणामले त्यो पुष्टि पनि भयो । त्यसैले सरकारले ठुलो गल्ती गर्यो भोली पश्चात्ताप हुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा
-
५२ संवैधानिक नियुक्तिविरुद्धको रिट आज पनि हेर्दाहेर्दैमा
-
जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्ने विषयमा सरकार गम्भीर : वनमन्त्री
-
कार्यविभाजनपछि पहिलो पटक माओवादी स्कुल विभागको बैठक, के–के भयो छलफल ?
-
अब कसरी निर्वाचित हुन्छन् नयाँ पोप ?
-
बोलेरो गाडीमा आगलागी हुँदा ४ जनाको जलेर मृत्यु