शुक्रबार, १५ चैत २०८१
ताजा लोकप्रिय

आर्थिक अनियमितताको मुद्दामा दोस्रो पटक सफाइ पाए सेप ब्लाटर र मिचेल प्लाटिनीले

मङ्गलबार, १२ चैत २०८१, १६ : ४६
मङ्गलबार, १२ चैत २०८१

काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा) का पूर्वअध्यक्ष सेप ब्लाटर र युरोपेली फुटबल महासंघ (यूईएफए) का पूर्वअध्यक्ष मिचेल प्लाटिनीले पदमा रहँदा गरेको भनिएको आर्थिक अनियमितताको आरोपबाट दोस्रोपटक पनि सफाइ पाएका छन् । 

ब्लाटर र प्लाटिनीलाई मंगलबार अदालतले सफाइ दिएको हो । यी दुईमाथि सन् २०११ मा ठगी, जालसाजी र फिफाको २० लाख अमेरिकी डलरभन्दा बढी रकम दुरुपयोग गरेको आरोप लगाइएको थियो ।

अदालतले उनीहरूलाई उक्त आरोपबाट दोस्रोपटक सफाइ दिएको हो । संघीय फौजदारी पुनरावेदन अदालतबाट सफाइ पाएपछि संक्षिप्त प्रतिक्रिया दिँदै सत्यको जित भएको बताए । ८९ वर्षीय ब्लाटर र ६९ वर्षीय प्लाटिनी दुवै न्यायालयमा उपस्थित थिए ।

यसअघि पनि ब्लाटर र प्लाटिनीलाई उक्त आरोपबाट अदालतले सफाइ दिएको थियो । तर, स्विट्जरल्यान्डको महान्यायाधिवक्ताको कार्यालयले सन् २०२२ को जुलाईमा अदालतको उक्त फैसलाविरुद्ध पुनरावेदन गरेको थियो । महान्यायाधिवक्ताको कार्यालयले ब्लाटर र प्लाटिनीलाई २० महिनाको जेल सजाय हुनुपर्ने माग गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप