शुक्रबार, १५ चैत २०८१
ताजा लोकप्रिय

एमाले र भारतबीच तनाव सृजना गर्ने षड्यन्त्र भइरहेको छः एमाले

मङ्गलबार, १२ चैत २०८१, १६ : १६
मङ्गलबार, १२ चैत २०८१

काठमाडौँ । नेकपा एमालेले पार्टीको विरुद्धमा आधारहिन र भ्रामक समाचार सम्प्रेशन गरेर सम्बन्ध बिगार्न खोजेको बताएको छ । 

एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठले आज एक विज्ञप्ति जारी चैत ४ गते बसेको पार्टीको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आफूलाई भारतले हटाउन षड्यन्त्र गरेको भनेर बाहिर आएको कुरा गलत रहेको भनेका छन् । 

राजावादीहरुले गरेको आन्दोलनमा भारतको सहयोग रहेको एमालेको ठहर भन्दै विभिन्न मिडियामा समाचार आएपछि एमालेको विदेश विभागले आज विज्ञप्ति जारी गरेर त्यसलाई स्पष्ट पारेको हो । 

यी दाबीहरु गलत रहेको भन्दै महासेठले जनतालाई भ्रमित गर्न र नेपालको नेतृत्वको छवि बिगार्न द्वेषपूर्ण रूपमा डिजाइन गरिएको दावी गरेका छन् । यस्तो गलत सूचनाको प्रसारण गरेर नेपालको आन्तरिक सद्भाव बिगार्ने, नेपालको कूटनीतिक सम्बन्ध खासगरि भारतसँग तनाव सृजना गर्ने षड्यन्त्र रहेको उनले उल्लेख गरेका छन् । 

एमाले आफ्नो सिद्धान्तनिष्ठ विदेश नीतिमा अडिग रहेको उल्लेख गर्दै उनले पार्टीको विदेश नीति सम्मान, रचनात्मक संवाद र क्षेत्रीय सहयोगमा आधारित रहेको बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप