तरल राजनीतिले सेयर बजारमा उच्च गिरावट, नेप्से ६ महिनायताकै न्यून विन्दुमा

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६ महिनादेखिनै न्यून विन्दुमा पुगेको छ । साताको तेस्रो दिन मंगलबार बजार परिसूचक उच्च अंकले घटेसँगै यो अवस्था देखिएको हो । आज सेयर बजार परिसूचक नेप्से ५८.०५ अंकले घट्दा परिसूचक २५८२.७३ अंकमा झरेको छ । आज बजारमा ५ अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यसअघि गत सेप्टेम्बर ३० तारिखका दिन बजार परिसूचक २५०८ अंकमा थियो । त्यसको भोलिपल्ट ११४ अंकले बढेर २६०० भन्दा माथि पुगेको बजार त्यसयता यो विन्दुभन्दा तल झरेको थिएन । आजको उच्च गिरावटले बजारलाई उक्त विन्दुभन्दा तल पुर्याएको हो ।
आज बजारमा २४४ कम्पनीको कारोबार हुँदा २४० कम्पनीको सेयर मूल्य घटेको छ भन् ४ वटा कम्पनीको मूल्य मात्रै बढेको छ ।
आज बजारका कुनै पनि कम्पनीको सेयर मूल्यमा सकारात्मक वा नकारात्मक सर्किट ब्रेकर लागेन तर आज १८ वटा कम्पनीको मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको देखिन्छ । आज बढ्ने क्रिपहरुमा म्युचुअल फण्ड र डिबेञ्चरहरु बढी रहेका छन् ।
बजारमा आज म्युचुअल फण्ड समूह बाहेक सबैमा १ प्रतिशत भन्दा माथिको गिरावट देखिएको छ । सबैभन्दा बढी गिरावट फाइनान्स समूहको ३.५० तथा हाइड्रोपावर समूहको ३.३१ प्रतिशत रहेको छ ।
कारोबारका आधारमा आज पनि दुई पुनर्बीमा कम्पनीहरू अगाडि रहे । कारोबार भएको सेयर संख्यामा घलेम्दी हाइड्रो र कारोबार संख्याका आधारमा हिमालयन पुनर्बीमा कम्पनी र गार्डियन लाइफ इन्स्योरेन्स आज पनि अगाडि रहेको देखिन्छ ।
अहिले देशको राजनीतिक माहौल तरल हुँदै जाँदा बजारका लगानीकर्ताले कन्फिडेन्स गुमाइरहेका छन् । व्यवस्थाविरोधी आन्दोलनले बजार गर्माएको बेला सरकारले सोमबार मात्रै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको छ । यसले पनि लगानीकर्ताको मनोबल थप खस्काएको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्शदीपको नाममा नयाँ रेकर्ड
-
भारी वर्षाले दिल्लीमा चार तले भवन भत्कियो, ४ जनाको मृत्यु
-
पाकिस्तानमा केएफसीविरुद्ध प्रदर्शन, एकको मृत्यु
-
धवलशमशेरलाई रिहा गर्न प्रहरीले बोलायो परिवार
-
एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
-
भारतीय उपराष्ट्रपति धनखडले न्यायपालिकाबारे के भने जसले बहस निम्त्यायो?