केही ईश्यु पाइयो भन्दै डोरीलाई नाल बनाउन लागिरहेका छन्ः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएको विषयमा केहीले ईश्यु पाइयो भन्दै डोरीलाई नाल बनाउन लागिरहेको बताएका छन् ।
पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले लेखेको ‘म र सानोबुबा’ शीर्षकको आत्मकथा विमोचन कार्यक्रममा मंगलबार प्रधानमन्त्री ओलीले घिसिङको नाम नलिई तीललाई पहाड नै बनाउन लागिरहेको बताए ।
‘केही सरकारविरुद्ध सानो त्यान्द्रो पायौँ भन्दै बुरुक्क बुरुक्क उफ्रिएका छन् । यही डोरीलाई नाल बनाउनुपर्छ भनेर उफ्रिएका छन्,’ ओलीले घिसिङलाई हटाएकोमा आन्दोलन गरिरहेकाहरूप्रति व्यङ्ग्य गर्दै भने ।
उनले एक व्यक्तिका पछि लागेर उफ्रिनेहरू सामन्ती सोचका व्यक्ति भएको पनि बताए । कुनै एक व्यक्तिले मात्रै संस्था र देश बनाउन नसक्ने ओलीको भनाई थियो । संस्था र देश बनाउन सामुहिक सहकार्य आवश्यक हुने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘हाम्रा पुर्खा लडेकाले मुलुक बनेको हो । कोही एक जना लडेर यो देश बनेको होइन । कसैले नायकत्व लिए होला, त्यो फरक कुरा हो । म प्रधानमन्त्री छु– मेरो नायकत्व हुन्छ तर सरकार भनेको म मात्रै होइन, सबै छौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘एउटा व्यक्तिलाई संस्था मानेर हिड्नु भनेको सामन्ती चिन्तन मात्रै हो । यस्ता विषयमा कोही भ्रममा नपर्दा हुन्छ भन्ने मलाई लाग्छ । मुलुक र संस्था बन्न सामुहिक प्रयास चाहिन्छ ।’
आन्दोलन गरेर केही नबिगार्ने ओलीको भनाइ थियो । उनले भने– ‘केही हुँदैन, हामी र अहिलेको अवस्थाविरुद्ध केही गर्न सक्दैनन् । हामीले देश र जनताको हितमा काम गरेका छौँ, गर्नुपर्छ,’ ।
ओलीले नाम नलिई घिसिङले नियुक्त हुने बेलामा आगो बोकेर आइ लोडसेडिङ मुक्त नगराएको बताए । ‘उहाँलाई नियुक्त गर्दा वित्तिकै आगो बोकेर आउनु भएको होइन, यहाँसम्म आइपुग्न धेरै प्रक्रियागत काम भएका छन् । ती काम एक्लै कुनै व्यक्तिले गरेका होइनन्,’ ओलीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समर्थकका लागि गृहनगरमा ‘फ्यान पार्क’ को व्यवस्था गर्दै धनगढी एफसी
-
LIVE UPDATES : काठमाडौँमा एकसाथ दुई पक्षीय प्रदर्शन : सबै अपडेट रातोपाटीमा
-
सुदूरपश्चिम प्रदेशको राजधानी साढे ६ वर्षदेखि घोषणामै सीमित, किन भयो अलपत्र ?
-
अघिल्लो जितबाट उत्साही चेन्नई र बेंगलुरु आपसमा भिड्दै
-
नेपाल प्रहरीमा खुल्यो नयाँ भर्ना (सूचनासहित)
-
राजधानीमा संरचना निर्माणको काम छिटै अगाडि बढ्छ : मुख्यमन्त्री शाह