शुक्रबार, १५ चैत २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभा बैठक १९ गते बस्ने

मङ्गलबार, १२ चैत २०८१, १५ : २६
मङ्गलबार, १२ चैत २०८१

मकवानपुर । बागमती प्रदेशसभाको बैठक चैत १९ गते बस्ने भएको छ । प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले संसद् बैठक १९ गते १ बजेका लागि बोलाएका हुन् । 

उक्त बैठकमा संसदमा संशोधनका लागि प्राप्त ४ विधेयकलाई पारित गर्ने कार्यसूची रहेको सभामुख पाठकले जानकारी दिए । 

संसदीय समितिमा विचाराधीन रहेको संशोधन विधेयकका प्रतिवेदन पेस गरी पारित गर्नुपर्ने भएकाले संसद् बैठक आह्वान गरिएको उनले बताए ।

यसअघि प्रदेशसभाको गत माघ १८ गतेबाट सुरु भएको हिउँदे अधिवेशन अन्तर्गत माघ २३ मा २, २४ मा एक र २६ मा २ वटा बैठकहरू सञ्चालन भएका थिए । सो पश्चात् अनिश्चितकालका लागि स्थगित भएको बैठक २ महिना पछि आह्वान गरिएको हो ।

गत माघ २६ गते बसेको प्रदेशसभा बैठकले प्रदेश खेलकुद विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको थियो भने अन्य ४ विधेयकलाई संसदीय समितिमा छलफलका लागि पठाएको थियो ।

प्रदेशसभाकी सूचना अधिकारी हेमा न्यौपानेले प्रदेशसभाको बैठकले विषयगत समितिमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान २०७६ लाई संशोधन गर्न बनेको विधेयक, कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसायी सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन पेस हुने उनले बताइन् ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट फिर्ता भई आएको प्रदेश कृषि विकास विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि संशोधन सहित प्रतिवेदन पेस हुने कार्यसूची रहेको उनको भनाइ छ ।

संसद् बैठक बोलाइएसँगै भयसँगै संसदीय समितिको बैठक समेत बोलाइएको छ । सूचना अधिकारी न्यौपानेका अनुसार शिक्षा, स्वास्थ्य तथा कृषि समितिको बैठक चैत १३ र १४ गतेका लागि बोलाइएको छ भने उद्योग पर्यटन तथा वातावरण समितिको बैठक चैत १७ र १८ गते बस्ने तय भएको छ । उक्त बैठकले संसदमा पेस हुने संशोधन विधेयकको प्रतिवेदनलाई अन्तिम रूप दिने उनको भनाइ छ ।

यसैबीच राष्ट्रिय सभा अध्यक्षसहितका सांसद र बागमती प्रदेशसभा सदस्य बिच छलफल हुने भएको छ । चैत २० मा छलफल हुने गरी सभामुख पाठकले बैठक आह्वान गरेका छन् ।

प्रदेशसभाको अनुगमन, संसदको काम, संसदीय समितिको भूमिका लगायतका विषयमा छलफल गर्न राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहाल सहितका सांसदहरू आउने कार्यक्रम रहेको उनले बताए । २० गते ११ बजे अध्यक्ष दाहाल सहित राष्ट्रिय सभा सदस्य र प्रदेशसभा सदस्यहरू बिच छलफल हुने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप