शुक्रबार, १५ चैत २०८१
ताजा लोकप्रिय

नेकपा (बहुमत)द्वारा राज्यका उच्च ओहोदामा रहेकाको सम्पत्ति छानबिन गर्न माग

मङ्गलबार, १२ चैत २०८१, १५ : २०
मङ्गलबार, १२ चैत २०८१

काठमाडौँ । राष्ट्रप्रमुख, प्रधानमन्त्री र राज्यका उच्च ओहोदामा रहेका हरेक व्यक्तिहरूको सम्पत्ति छानबिनको माग राख्दै नेकपा(बहुमत)ले आन्दोलन गर्ने भएको छ । मंगलबार काठमाडौँको संवाद डबलीमा पार्टीको ३ नम्बर ब्युरोले पत्रकार सम्मेलनको आयोजना गरी सम्पत्ति छानबिनको माग गरेको हो । 

पार्टीका ३ नम्बर ब्युरो इन्चार्ज उदयबहादुर चलाउने ‘दीपक’ले देशको मुख्य दुस्मन भ्रष्टाचार रहेको र उच्च ओहोदाका व्यक्तिहरू नै त्यसको कारक भएको आरोप लगाए । पार्टीका स्थायी समिति सदस्यसमेत रहेका चलाउनेले आगामी चैत २४ गतेदेखि वैशाख ९ गतेसम्म सम्पत्ति छानबिनको लागि राजधानीको माइतीघर मण्डलामा धर्ना दिने घोषणा गरे ।

देशलाई समृद्ध तथा जनताको जीवन स्तर माथि उठाउन प्रत्येक उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गरेर राज्य कोष अपचलन गरेको पुष्टि भए त्यसलाई राष्ट्रियकरण गरिनु पर्ने धारणा राखे ।

पार्टीका केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज कुमाल सिलवालले भ्रष्टाचारको जालो तोड्न आफूहरूले आन्दोलनको घोषणा गरेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप