जापानमा फुल्न थाल्यो साकुरा

टोकियो । जापानको राजधानी टोकियोमा यो वर्षको साकुरा फुल्ने मौसम शुरु भएको छ । तर चीनको मरुभूमिबाट आइरहेको बलौटे आँधीले साकुरा हेर्न जानेहरूलाई बिथोल्ने देखिएको छ ।
टोकियोको यासुकुनी मन्दिरमा रहेको साकुराको एउटा रुखमा साकुराका ६ झुप्पा फक्रिएपछि देशभरमा साकुराको मौसम शुरु भएको सोमबार मध्याहन्न जापानको मौसम विभाग (जेएमए)ले घोषणा गरेको थियो ।
तर मंगलबार र बुधबार जापानको कयौं ठाउँलाई बालुवाको पहेँलो आँधीले ढाक्ने अनुमान गरिएको छ । बलौटे आँधीले साकुरा फुलेको हेर्न जानेहरूलाई अवरोध गर्न सक्ने बताइएको छ ।
भिजिबिलिटी ५ केमी भन्दा तल झर्यो भने सडक अवरुद्ध हुन सक्ने चेतावनी जेएमएले दिएको थियो । अधिकारीहरूले सर्वसाधारणलाई मास्क लगाउन वा सावधानीका अन्य उपायहरू अपनाउन भनेको छ ।
टोकियोको यासुकुनी मन्दिर परिसरमा रहेको साकुराको रुखमा कम्तिमा पाँच/छ थुंगामा साकुरा फक्रिएपछि जापानमा साकुराको मौसम शुरु भएको मानिन्छ । आगामी हप्तादेखि १० दिनमा टोकियोमा साकुराको रुख ढकमक्क भएर साकुरा फक्रन थाल्छ । अघिल्लो वर्षको तुलनामा जापानमा यस वर्ष साकुराको मौसम पाँच दिन छिट्टै शुरु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलनका क्रममा झडप
-
जनप्रदर्शनमा सहभागी हुन सबै प्रजातन्त्रवादी र राष्ट्रवादीलाई महामन्त्री राणाको आह्वान
-
एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
-
दुर्गा प्रसाईं र रविन्द्र मिश्रलाई म्याद थप गर्न अदालत लगिँदै
-
प्रधानन्यायाधीश राउतसहितको भ्रमण दल बेलायत प्रस्थान
-
दोब्बरले बढ्यो लसुन आयात, जान्छ कहाँ ?