शुक्रबार, १५ चैत २०८१
ताजा लोकप्रिय

नेपालपछि ‘अञ्जिला’ कुन–कुन देशमा हुँदैछ रिलिज ?

मङ्गलबार, १२ चैत २०८१, १५ : १५
मङ्गलबार, १२ चैत २०८१

काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित रहेर निर्माण भएको फिल्म हो, ‘अञ्जिला’ । 

फिल्मले नेपालमा राम्रो ब्यवसाय गरेको दाबी गरिएको छ । २९ फागुनमा रिलिज भएको फिल्मले अहिलेसम्म करिब ५ करोडको ब्यवसाय गरेको निर्माण  युनिटले दाबी गरेको हो । 

फिल्म अब विदेशका १६ देशमा रिलिज हुने भएको छ । निर्देशक मिलन चाम्सका अनुसार फिल्म अमेरिका, क्रोएसिया, कतार, बहराइन, माल्टा, डेनमार्क, पोर्चुगल, हङकङ, दक्षिण कोरिया, फिनल्यान्ड, क्यानडा, दुबई, सिंगापुर, जापान, बेल्जियम र स्विडेनमा रिलिज हुनेछ ।

फिल्म अमेरिकामा सेभेन सिज इन्टरनेशनलका प्याट्रिक सुवेदीले रिलिज गर्न लागेका हुन् भने क्यानडामा आगन इभेन्ट्स तथा आइ र यु इन्टरटेनमेन्टले रिलिज गर्दैछन् । त्यस्तै, जापानमा युएनए इन्टरटेनमेन्ट, फिनल्यान्डमा मामा इभेन्ट, मध्यपूर्वका देशहरूमा साथीभाइ इन्टरटेनमेन्ट, माल्टामा मगवर्ट प्रोडक्सनले रिलिज गर्ने भएको हो ।

मिलन चाम्सको निर्देशन रहेको फिल्म प्रेमकुमार श्रेष्ठले निर्माण गरेका हुन् । फिल्ममा एन्जिलाको अलवा माओत्से गुरुङ, दयाहाङ राई, सिर्जना सुब्बा, सुमिन गुरुङ, सुनिल थापा, बुद्धि तामाङ, विजय बराल, मञ्जु श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप