भेनेजुएलाबाट तेल किन्ने देशमाथि २५ प्रतिशत अतिरिक्त महसुल लगाउने ट्रम्पको घोषणा

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल र ग्यास खरिद गर्ने सबै देशहरूमाथि २५ प्रतिशत अतिरिक्त भन्सार कर लगाउने घोषणा गरेका छन् ।
ट्रम्पले भेनेजुएलालाई लक्षित गर्न यो कदम चालेका हुन् । तर उनको यस घोषणाको नकारात्मक प्रभाव भारत र चीन जस्ता देशहरूमा पर्नेछ । यी देशहरूले भेनेजुएलाबाट ठुलो मात्रामा तेल र ग्यास किन्ने गरेका छन् ।
जनवरीमा ह्वाइट हाउस फर्केदेखि, ट्रम्पले आर्थिक र कूटनीतिक नीतिहरूलाई प्रभाव पार्न सहयोगी र विरोधी दुवै देशहरूलाई कर लगाइरहेका छन् । भेनेजुएलामा कर लगाउने सम्बन्धमा ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘टु«थ सोसल’मा लेखेका छन्, ‘भेनेजुएला अमेरिका र हाम्रो स्वतन्त्रताप्रति धेरै शत्रुतापूर्ण रहेको छ ।’ त्यस कारण, भेनेजुएलाबाट तेल र ग्यास किन्ने कुनै पनि देशले अमेरिकासँगको कुनै पनि व्यापारमा २५ प्रतिशत अतिरिक्त भन्सार तिर्न बाध्य हुनेछ ।
२५ प्रतिशतको यो भन्सार महसुल अन्य भन्सार अतिरिक्त भन्सार महसुल माथि लाग्नेछ । समाचार एजेन्सी एएफपीका अनुसार ट्रम्पले सोमबार भेनेजुएलाबाट तेल खरिदमा कर लगाउने आदेशमा हस्ताक्षर गरेका थिए । यसपछि भेनेजुएलाबाट तेल र ग्यासको प्रत्यक्ष वा अप्रत्यक्ष सबै खरिदहरूमा २५ प्रतिशत लागेको हो ।
यो शुल्क अप्रिल २ देखि लागू हुन सक्ने बताइएको छ । भेनेजुएलाको तेल अमेरिका, स्पेन, भारत र कालो बजारमा जान्छ । अमेरिका, स्पेन र भारतले क्रमशः शेभर्न कर्प, रेप्सोल एसए र रिलायन्स इन्डस्ट्रिज लिमिटेडलाई दिइएको इजाजतपत्र मार्फत भेनेजुएली तेल किन्छन् । चीनले चाहिँ कालो बजार मार्फत भेनेजुएलाको तेल किन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद राई पक्राउ परेको सदनलाई जानकारी
-
शिक्षकको आन्दोलन, विद्यार्थीको भविष्य र सरकारको अकर्मण्यता
-
रिह्याबमा मृत्यु प्रकरण : सञ्चालकसहित ३ जना पक्राउ
-
बोल्दा निरङ्कुश सरकारले आफ्नै मन्त्रीलाई बर्खास्त गर्यो : माओवादी केन्द्र
-
‘रक्सी चोर को ?’ भन्दै संसद्मा जुहारी
-
बालबालिकामा सकारात्मक सोच विकास गर्न शिक्षकहरूको आग्रह