नेपालको यू–१९ टोलीले दिल्लीको यू–१९ टोलीलाई हरायो
मङ्गलबार, १२ चैत २०८१, १४ : ५७

काठमाडौँ । नेपाली यू–१९ क्रिकेट टोलीले भारतको दिल्ली यू–१९ टोलीलाई ५० ओभरको पहिलो अभ्यास खेलमा पाँच विकेटले पराजित गरेको छ । जितसँगै नेपाली टोलीले तीन खेलको शृंखलामा १–० को अग्रता पनि लिएको छ ।
विरगञ्जमा मंगलबार खेलिएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीको टोली २३ दशमलब ३ ओभरमा ९५ रन बनाउँदै अलआउट भएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीले भने ३१ ओभरमा पाँच विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो ।
यू–१९ विश्वकपको एसियाली क्षेत्रको छनोट प्रतियोगिताको तयारीका क्रममा नेपाली टोलीले दिल्लीको टोलीसँग अभ्यास खेल खेलेको हो । दोस्रो अभ्यास खेल बिहीवार विरगञ्जमै खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छली र तस्करीमा सघाउन घुस खाने प्रहरीका सई पक्राउ
-
आईपीएलको सातौं खेलमा लखनउ विजयी, सनराइजर्स ५ विकेटले स्तब्ध
-
मातृशिशु मृत्युदर घटाउने अभियान सुरु
-
१२ बजे, १२ समाचार : चैत २१ देखि आन्दोलनलाई सशक्त बनाउने राजावादीको घोषणादेखि शिक्षा समिति सभापतिलाई शिक्षकले झम्टेसम्म
-
राजावादीको पत्रकार सम्मेलनअघि दुर्गा प्रसाईंले भेटे ज्ञानेन्द्र शाह
-
चैत २१ गतेदेखि आन्दोलनलाई सशक्त बनाउँदै लैजाने राजावादीको घोषणा