म कांग्रेस सभापति हुनमा गिरिजाबाबुको ठूलो योगदान छः देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पार्टी सभापति हुनमा गिरिजाप्रसाद कोइरालाको ठूलो योगदान रहेको बताएका छन् ।
गिरिजापुत्री सुजाता कोइरालाले लेखेको म र सानोबुबा नामक कितावको विमोचन गर्न आज काठमाडौँमा आयोजित कार्यक्रममा देउवाले गिरिजाले आफूले फुटालेको पार्टी एकीकरणको प्रस्ताव नराखेको भए आफू कांग्रेसको सभापति बन्न नसक्ने बताए ।
उनले भने, ‘म पार्टी सभापति हुन गिरिजाबाबुको ठूलो योगदान छ । म पार्टी फोडेर हिडेको मान्छेलाई पार्टीमा फेरि मिलौ नभनेको भए म कांग्रेसका सभापति हुने थिइन् होला । बोलाएर भनेपछि हामीले पार्टी एकीकरण गर्यौ । र, अहिले सभापति बन्न पाए ।’
देउवाले आफ्नो र गिरिजाको सम्बन्धमा धेरै उतारचढाव रहेको पनि बताए । कोइराला र म बीच धेरै उतारचढाव छन् । कोइरालाले मलाई पार्टीबाट निकाल्नुभयो, मैले अर्को पार्टी खोले । फेरि मिलौ भन्नुभयो मिल्यौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्रवादीले भृकुटीमण्डपमा, राजावादीले तीनकुनेमा शक्ति प्रदर्शन गर्दै, ३५ सय प्रहरी परिचालन
-
महालक्ष्मीको बार आज कसलाई कति लाभदायी ? हेरौं राशिफल
-
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षा र हावाहुरीको सम्भावना
-
म्याद सकिएको दुई वर्षपछि पार्क निर्माण शुरु, ऋषिले तपस्या गरेको स्थानमा रावणको मूर्ति राख्न नहुने तर्क
-
ला लिगामा बार्सिलोनाको शानदार जित, रियाल मड्रिडसँग बढायो अंकदुरी
-
चैत्र कृष्ण चतुर्दशी : नेवा समुदायको दोस्रो ठूलो पर्व पाहाँचह्रे मनाइँदै