क्यान्सर स्क्रिनिङ कार्यक्रम स्थानीय तहसँग जोड्न आवश्यक : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले महिलाहरूको स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर स्क्रिनिङ कार्यक्रम स्थानीय तहसँग जोड्न आवश्यक रहेको बताएका छन् । मंगलबार चिकित्सा विज्ञान स्वास्थ्य प्रतिष्ठान वीर अस्पताल र काठमाडौँ महानगरपालिकाको सहकार्यमा महानगरभित्र सञ्चालन हुने स्क्रिनिङ कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पौडेलले सरकारले चालु आर्थिक वर्षभित्र ५० लाख महिलाहरूमा स्तन, पाठेघर र सर्भाइकल क्यान्सर भए/नभएको पत्ता लगाउन स्क्रिनिङ गर्ने लक्ष्य राखेको उल्लेख गरेका हुन् ।
स्क्रिनिङको कार्यक्रम स्थानीय तहसम्म पुर्याउन सकेमात्र यो लक्ष्य हासिल हुने उनको भनाइ छ । उनले सरकाले गएको फागुन महिनालाई स्क्रिनिङ अभियानको रूपमा सञ्चालन गरेको समेत बताए ।
उक्त अभियानमार्फत कक्षा ६ देखि १० सम्म पढ्ने ९४ प्रतिशत किशोरीहरूलाई एच.पी.भी खोप लगाइएको समेत मन्त्री पौडेलको दाबी छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय भएको उल्लेख गर्दै उनले स्थानीय तहसँग जोड्न सके मात्रै स्क्रीनिङ्ग कार्यक्रम सफल हुने बताए ।
कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले क्यान्सर लागेपछि उपचार गर्नुभन्दा लाग्नै नदिने कुरा सबैको प्राथमिकतामा हुनुपर्ने बताइन् । उनले महिलाको स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सरको पहिचान गर्नको लागि काठमाडौँ महानगरपालिकाले स्क्रिनिङका कार्यक्रमहरू सञ्चालन गरिरहेको जिकिर गरिन् ।
उनले भनिन्, ‘रोग लाग्न नदिनु हाम्रो पहिलो प्राथमिकता हुनुपर्दछ । रोग लागेपछि उपचार गर्ने कुरा त छँदैछ तर महत्त्वपूर्ण कुरा रोग लाग्न नदिनु हो । महिलाको स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सरको पहिचान गर्नको लागि काठमाडौँ महानगरपालिकाले स्क्रिनिङका कार्यक्रमहरू गरिरहेको छ । स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना, निःशुल्क रूपमा एम्बुलेन्स उपलब्ध गराउने, औषधि प्रदान गर्ने र विभिन्न ठाउँमा गएर हेल्थ क्याम्प आयोजना गर्ने कामहरू गरिरहेका छौँ । खासगरि महिलामा हुने स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सरको स्क्रिनिङ हाम्रो प्राथमिकतामा रहेको छ । हामीले महिला स्वास्थ्यको क्षेत्रमा काम गर्ने महिलामा समेत यस्ता लक्षणहरू देखेका छौँ ।’
नेपाल तथा विकासशील मुलुकहरूमा पाठेघरको मुखको क्यान्सरपछि महिलाहरूमा सबैभन्दा धेरै देखिने क्यान्सर स्तन क्यान्सर हो । समयमै स्क्रिनिङ गर्न नपाउँदा पाठेघरको मुखको क्यान्सरबाट बर्सेनि सयौँको सङ्ख्यामा नेपालमा महिलाहरूले अकालमै ज्यान गुमाउनुपरेको सरकारी तथ्यांक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छली र तस्करीमा सघाउन घुस खाने प्रहरीका सई पक्राउ
-
आईपीएलको सातौं खेलमा लखनउ विजयी, सनराइजर्स ५ विकेटले स्तब्ध
-
मातृशिशु मृत्युदर घटाउने अभियान सुरु
-
१२ बजे, १२ समाचार : चैत २१ देखि आन्दोलनलाई सशक्त बनाउने राजावादीको घोषणादेखि शिक्षा समिति सभापतिलाई शिक्षकले झम्टेसम्म
-
राजावादीको पत्रकार सम्मेलनअघि दुर्गा प्रसाईंले भेटे ज्ञानेन्द्र शाह
-
चैत २१ गतेदेखि आन्दोलनलाई सशक्त बनाउँदै लैजाने राजावादीको घोषणा