सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय

कलंकी घटना : अभयको हत्यामा संलग्न आरोपमा १७ जना पक्राउ

मङ्गलबार, १२ चैत २०८१, १४ : ०२
मङ्गलबार, १२ चैत २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ कलंकीमा दुई समूहबिच झडप हुँदा सोमबार अभय गोलेको मृत्यु भयो । ढुंगेअड्डा बस्ने २२ वर्षीय गोलेको हत्यामा संलग्न आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ ।

आक्रमणमा संलग्न मुख्य आरोपी रोहित खड्का सहित १७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । दुई समूहको बिचमा झडप हुँदा घाइते भएका गोलेको उपचारको क्रममा सहिद मेमोरियल अस्पतालमा मृत्यु भएको थियो । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरूले अनुसन्धान गरिरहेका छन् ।

पुरानो विवादबारे झगडा हुँदा २१ वर्षीय रोहित खड्का, विनय लामा र पर्वित श्रेष्ठले रड, खुकुरी र मुक्काले अर्को पक्षलाई प्रहार गरेका हुन् । उनीहरूको आक्रमणमा परेर मृतक गोले समूहका ३ जना घाइते भएका छन् । झडपमा परेर घाइते हुनेमा नागढुंगा बस्ने २३ वर्षीय सन्दीप भुजेल, हेटौँडा घर भएर पुरानो नैकाप बस्ने पवन तामाङ ‘चक्रे’ र चन्द्रागिरी घर भएका २२ वर्षीय पासाङ शेर्पा छन् । उनीहरूको सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप