हत्याको गलत आरोपमा दोषी ठहरिएका कैदीलाई १४ लाख डलर क्षतिपूर्ति

टोकियो । हत्याको गलत आरोपमा दोषी ठहरिएका र विश्वमा सबैभन्दा लामो समयसम्म मृत्युदण्डको सजाय भोगेका एक जापानी पुरुषलाई १४ लाख डलर क्षतिपूर्ति प्रदान गरिएको छ ।
यो भुक्तानीले इवाओ हाकामादाले चार दशकभन्दा बढी समयसम्म थुनामा बिताएका दिनहरूका लागि प्रतिदिन १२ हजार पाँच सय येन (८३ डलर) का दरले क्षतिपूर्ति प्रदान गरेको छ । यसको अधिकांश समय मृत्युदण्डमा रहँदा हरेक दिन उनको अन्तिम दिन हुनसक्ने डर थियो ।
हाल ८९ वर्षका पूर्व बक्सरले सन् १९६६ को चार व्यक्तिको हत्या मुद्दामा गत वर्ष उनकी बहिनी र अन्य व्यक्तिहरूको निरन्तर अभियानपछि सफाइ पाएका थिए ।
सिजुओका जिल्ला अदालतको सोमबारको एक निर्णयमा ‘दाबीकर्तालाई २१ करोड ७३ लाख ६२ हजार पाँच सय येन प्रदान गरिने’ अदालतका प्रवक्ताले बताए ।
सोही अदालतले सेप्टेम्बरमा हाकामादा पुनः सुनुवाइमा निर्दोष रहेको र प्रहरीले प्रमाणमा छेडछाड गरेको फैसला गरेको थियो । हाकामादाले ‘बयान (स्वीकारोक्ति) का लागि जबरजस्ती गर्ने अमानवीय अनुसन्धान’ भोगेका थिए । यसलाई उनले पछि फिर्ता लिएको अदालतले बताएको छ ।
स्थानीय मिडियाका अनुसार यो अन्तिम रकम यस्ता प्रकारका क्षतिपूर्तिका लागि एक रेकर्ड हो । तर हाकामादाको कानुनी टोलीले पैसाले उनले भोगेको पीडालाई पूरै सम्बोधन गर्न नसक्ने बताएको छ ।
दशकौँको नजरबन्दले–मृत्युदण्डको खतरा निरन्तर बढ्दै जाँदा–हाकामादाको मानसिक स्वास्थ्यमा ठुलो असर पारेको छ । उनका वकिलहरूले उहाँलाई ‘कल्पनाको संसारमा बाँचिरहेको’ भनेर वर्णन गरेका छन् ।
हाकामादा जापानको युद्धोपरान्त इतिहासमा मृत्युदण्डबाट पुनरावलोकन गरिएका पाँचौँ कैदी थिए । अघिल्ला सबै चारवटा मामिला पनि निर्दोष ठहरिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ महिनामा वैदेशिक व्यापार स्थिती : ५७.२ प्रतिशतले निर्यातमा वृद्धि हुँदा पनि देशको व्यापार घाटा करिब १० खर्ब
-
आठ महिनामा राजश्व सङ्कलन ७ खर्ब २० अर्ब, पुँजीगत खर्च ८२ अर्ब ३४ करोड
-
दुई हजार मत गन्न बाँकी रहँदै बारमा मिश्र प्यानलको जित सुनिश्चित
-
तेस्रो विमस्टेक कृषि मन्त्रीस्तरीय बैठक सम्पन्न
-
बैंक तथा वित्तीय संस्थाको निक्षेप ४.३ प्रतिशत र कर्जा प्रवाह ६ प्रतिशतले वृद्धि
-
सुर्खेत उपत्यका नगर विकास समितिका सहायक लेखापाललाई अख्तियारले समात्यो