प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक भएन : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलेले प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक हुन नसकेको बताएका छन् ।
मंगलबार प्रगतिशील इन्जिनियरिङ एसोसिएसनको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्ने सरकारको संकल्पलाई सफल पार्न नदिन प्रयत्न भइरहेको बताएका हुन् ।
‘त्यो स्वाभाविक पनि हो । विरोधीहरू लाग्छन् । यद्यपि संवैधानिक प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने हो’, प्रधानमन्त्री आलीले भने, ‘तर त्यस्तो भइरहेको छैन । देखिँदैन ।’
उनले अहिलेको प्रतिपक्ष कसरी आफूबाहेक अरू र सरकालाई बदनाम गर्न सकिन्छ भन्नेतर्फ लागेको आरोप लगाए ।
‘कसरी सत्यलाई ढाँट्न र झुटलाई फैलाउन सकिन्छ भन्नेमा उहाँहरू सक्रिय हुनुहुन्छ । अनावश्यक कुरामा हामीलाई अल्झाउन र ड्राइभर्ट गर्न खोज्छन् तर हामी आफ्ना काममा केन्द्रित हुन्छौँ’, प्रधानमन्त्रीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज विदेशी मुद्राको सटहीदर
-
आईपीएलको पाँचौं खेलमा पञ्जाब विजयी, गुजरातले चुनौति पार गर्न सकेन
-
लुम्बिनीमा दाताले दिएका विद्युतीय सवारीलाई हरियो नम्बर प्लेटमा परिवर्तन गर्न अदालतको परमादेश
-
‘हरेक खेलाडीको कथा हो, ‘अञ्जिला’
-
रुस-युक्रेन युद्धविराम गर्न सहमत भएको ह्वाइट हाउसको दाबी, जेलेन्स्की अझै सशंकित
-
स्विजरल्याण्डका पर्यटकलाई नेपाल भ्रमणको निम्तो