शुक्रबार, १५ चैत २०८१
ताजा लोकप्रिय

काठमाडौँमा सुन र नगद चोरी

मङ्गलबार, १२ चैत २०८१, १२ : ५९
मङ्गलबार, १२ चैत २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिका-११ किमारी मार्गमा सोमबार लाखौँ रुपैयाँ बराबरको चोरी भएको छ । नेपाल प्रहरीका अनुसार बुद्धिमान श्रेष्ठको घरमा चोरी भएको हो । 

साढे ६ तोला सुन र नगद ५० हजार रुपैयाँ गरी करिब ११ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल सोमबार चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप