शुक्रबार, ०५ वैशाख २०८२
ताजा लोकप्रिय

एलन मस्कको टेस्ला शोरुमलाई जलाउने षडयन्त्र ?

मङ्गलबार, १२ चैत २०८१, १२ : ४९
मङ्गलबार, १२ चैत २०८१

वासिङ्टन डीसी ।  अमेरिकी खर्बपति व्यापारी एलन मस्कको विद्युतीय कार बनाउने कम्पनी टेस्लाको अस्टिन शोरूममा कयौँ ज्वलनशील उपकरणहरू फेला परे । सोमबारको  यस घटनामाथि अस्टिन प्रहरीले अनुसन्धान गरिरहेको छ । यो घटना मस्कको कम्पनीलाई लक्षित गरी भएका घटनाहरूको शृङ्खलामा पछिल्लो घटना हो । 

खतरनाक पदार्थहरू भेटिएको खबर पाएपछि अस्टिन प्रहरीले तुरुन्तै प्रतिक्रिया जनायो । ज्वलनशील उपकरणहरू फेला पारेपछि बम स्क्वाडलाई घटनास्थलमा बोलाइयो । बम डिस्पोजल स्क्वाडले कुनै समस्या बिनै उपकरणहरू आफ्नो नियन्त्रणमा लिएका छन् । 

यस घटनामा कोही पनि घाइते भएको वा कसैलाई क्षति भएको रिपोर्ट आएको छैन । यसबारे छानबिन चलिरहेकोले थप जानकारी उपलब्ध नभएको प्रहरी विभागले भनेको छ । 

संघीय कोष र जागिरलमा कटौती पछि हमला 

मस्कले हालै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनसँग मिलेर संघीय सरकारको कोष र जागिर कटौती गर्ने निर्णय गरेका थिए । त्यसपछि अमेरिका र विदेशमा मस्कको कम्पनी विरुद्ध विरोध प्रदर्शन भइरहेको छ । 

यसअघि शनिबार, फ्लोरिडाको पाम बिच काउन्टीमा टेस्लाको शोरुमबाहिर विरोध प्रदर्शन गरिरहेका मानिसहरूमाथि एक व्यक्तिले आफ्नो कार ठोक्काएका थिए । तर, यस घटनामा कोही पनि घाइते भएनन् । 

आक्रमणको उजुरी प्राप्त भएपछि प्रहरीले तुरुन्तै ती व्यक्तिलाई पक्राउ गर्‍यो । त्यसै दिन क्यालिफोर्नियामा पनि प्रदर्शनको क्रममा स्टन गन प्रयोग गरेको आरोपमा एक जना ३३ वर्षीय पुरुषलाई पक्राउ गरिएको थियो । 

टेस्लालाई लक्षित गरी भएका हिंसात्मक घटनाहरूमा सियाटलमा साइबरट्रक जलाउने र ओरेगनमा एउटा शोरुममाथि गोलीबारीका घटना समावेश छन् । टेस्लाका शोरूम, सवारी साधन, चार्जिङ स्टेशन र निजी स्वामित्वमा रहेका कारहरूलाई पनि निशाना बनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप