अतिरिक्त भन्सार महसुल विवादबिच भारत आइपुगे अमेरिकी टोली

नयाँ दिल्ली । भारत–अमेरिकाबिच जारी अतिरिक्त भन्सार महसुल विवाद समाधान गर्न र द्विपक्षीय व्यापार सम्झौताको रूपरेखा तयार गर्न वार्ताबिच विदेशमन्त्री एस जयशंकर र वाणिज्यमन्त्री पियुष गोयलले सोमबार संसद् भवनमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेका थिए । दुवै मन्त्रीले मोदीलाई अतिरिक्त भन्सार महसुल विवाद मामिलामा हालसम्म भएको प्रगतिबारे जानकारी गराए ।
दक्षिण तथा मध्य एसियाका व्यापार मामिला प्रमुख ब्रेन्डन लिन्चको नेतृत्वमा अमेरिकी व्यापार प्रतिनिधिमण्डल पाँच दिने भ्रमणमा मंगलबार भारत आइपुग्दै गर्दा यो भेट भएको थियो । मार्च २५ देखि २९ सम्म हुने अमेरिकी प्रतिनिधिमण्डलको भ्रमणलाई द्विपक्षीय व्यापार सम्झौताको रूपरेखा तयार गर्ने दृष्टिकोणले धेरै महत्त्वपूर्ण मानिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ दिल्लीसँग आफ्नो निकै राम्रो सम्बन्ध रहेको बताएका छन् । तर कर संरचनालाई उनले भारतसँगको समस्या भनेका छन् । अमेरिकाले नयाँ अतिरिक्त भन्सार महसुलबाट भारतलाई कुनै राहत दिने छैन र जुन देशले आफूलाई जति महसुल लगायो त्यति नै महसुल आफूले पनि लगाउने नीतिअनुसार अप्रिल २ देखि भारतबाट आउने सामानमा भन्सारमा अतिरिक्त महसुल लागू गर्दै छ ।
गत महिना मोदकीको अमेरिका भ्रमणको क्रममा दुवै पक्षले पारस्परिक रूपमा लाभदायक व्यापार सम्झौता गर्नेमा सहमति जनाएका थिए । यसका लागि गोयल र जयशंकरले अमेरिका भ्रमणका क्रममा विभिन्न पक्षहरूसँग वार्ता गरेका थिए । अब लिन्चको नेतृत्वमा रहेको अमेरिकी व्यापार निकायले मंगलबार भारतीय पक्षसँग वार्ता गर्नेछ । यसै आधारमा द्विपक्षीय व्यापार सम्झौताको रूपरेखा तयार गरिनेछ ।
व्यापार घाटा घटाउन चाहन्छ अमेरिका
व्यापार घाटा कम गर्न भारतले उसको बजारमा सहज उपस्थितिको लागि बाटो खोलोस् भन्ने अमेरिकी चाहना छ । यसमा सबैभन्दा ठूलो बाधा भनेको भारतले छानिएका अमेरिकी उत्पादनहरूमा लगाएको आयात शुल्क हो । दुवै देशले व्यापार विस्तार गरून् र एकअर्काको बजारमा पहुँच बढाओस् भन्ने चारतको चाहना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अशान्त बन्यो शिक्षक आन्दोलन, तस्बिरहरू
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
-
शिक्षक आन्दोलनका क्रममा झडप
-
जनप्रदर्शनमा सहभागी हुन सबै प्रजातन्त्रवादी र राष्ट्रवादीलाई महामन्त्री राणाको आह्वान
-
एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
-
दुर्गा प्रसाईं र रविन्द्र मिश्रलाई म्याद थप गर्न अदालत लगिँदै