शुक्रबार, १५ चैत २०८१
ताजा लोकप्रिय

पेसीको सूचना पठाउने अनलाइन प्रणाली शुभारम्भ

मङ्गलबार, १२ चैत २०८१, १२ : १३
मङ्गलबार, १२ चैत २०८१

काठमाडौँ । सर्वोच्च अदालतबाट मुख्य न्यायाधिवक्ताको कार्यालयलाई दिइने पेसीको सूचना पठाउने अनलाइन प्रणाली शुभारम्भ गरिएको छ । 

मंगलबार सर्वोच्चमा आयोजित एक कार्यक्रमकाबीच प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सातै प्रदेशमा रहेका मुख्य न्यायाधिवक्ताको कार्यालयलाई पेसीको सूचना पठाउने अनलाइन प्रणालीको शुभारम्भ गरेका हुन् । 

त्यस्तै उनले जिल्ला अदालतहरूमा दर्ता हुने विशेष प्रकृतिको निवेदन दर्ता तथा व्यवस्थापन गर्ने अनलाइन प्रणालीको समेत सुरुवात गरे ।  यसबाट मुद्दाको सुनुवाइ प्रक्रिया छिटो छरितो हुने तथा अदालतहरूमा न्यून कागजात प्रयोग हुने निकायको रूपमा विकास हुने अपेक्षा गरिएको सर्वोच्चले जनाएको छ ।

कार्यक्रममा प्रधानन्यायाधीश राउतले प्रविधिमार्फत हुने सुधारलाई निरन्तरता दिने र यसले न्याय क्षेत्रमा अनियमितता हटाउँदै सेवा सुविधालाई प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले जसरी भएपनि न्यायक्षेत्रलाई सुधार गरेरै छाड्ने प्रतिबद्धता जनाए । 

अदालतहरूको मुद्दा व्यवस्थापनलाई सरल, सहज र प्रभावकारी बनाउन सर्वोच्च अदालतले सूचना प्रविधिको प्रयोगमा जोड दिइरहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप