शुक्रबार, १५ चैत २०८१
ताजा लोकप्रिय

‘अभिमन्यु’मा भित्रिइन् गौमाया

मङ्गलबार, १२ चैत २०८१, १२ : १३
मङ्गलबार, १२ चैत २०८१

काठमाडौँ । हिट फिल्म ‘पूर्णबहादुरको सारंगी’का निर्माता विनोद पौडेलले निर्माण गर्ने नयाँ फिल्म हो ‘अभिमन्यु’ । फिल्मको केही पहिले निर्माण घोषणा गरिएको छ । फिल्मका लागि अहिले धमाधम कलाकार छनौट भइरहेको छ । 

यस्तैमा, फिल्मको मुख्य भूमिकाको लागि अभिनेत्री गौमाया गुरुङ भित्रिएकी छन् । फिल्मका लागि अभिनेत्रीको रूपमा गुरुङ छनौट भएको निर्माता विनोद पौडेलले बताए ।

फिल्मको अन्य कलाकार छनौटको क्रममा छ । फिल्मको छाया.कन मिति पनि टुङ्गो लागेका छैन । तर प्रदर्शन मिति भने आगामी भदौ २७ गते निर्धारण गरिएको छ । फिल्मले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने पात्रले गर्ने सङ्घर्षको कथा उठाउनेछ । विश्वभर एक साथ हिन्दी र नेपाली भाषामा रिलिज हुनेछ ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण हुने फिल्मलाई सुशान्त गौतमले निर्देशन गर्न लागेका हुन् । गौतमले यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । मुकेश खनालको लेखन रहेको फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । फिल्ममा रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माताको रूपमा जोडिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप