शुक्रबार, १५ चैत २०८१
ताजा लोकप्रिय

पाकिस्तानविरुद्ध खेल्न पाकिस्तनमै जन्मिएका खेलाडीसहितको न्युजिल्यान्डको टोली

मङ्गलबार, १२ चैत २०८१, १२ : ०८
मङ्गलबार, १२ चैत २०८१

काठमाडौँ । भ्रमणकारी टोली पाकिस्तानविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्न न्युजिल्यान्डले आफ्नो टोलीको घोषणा गरेको छ । न्युजिल्यान्डले घरेलु मैदानमा पाकिस्तानसँग खेल खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्दैछ ।

किविज टोलीमा कप्तानको जिम्मेबारी भने टम लाथमलाई दिइएको छ । लाथमसहित हालै आईसीसी च्याम्पियन्स ट्रफी खेल्ने आठ खेलाडीलाई पाकिस्तानविरुद्धको एकदिवसीय शृंखलाका लागि टोलीमा स्थान दिइएको छ ।

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) का कारण केही अनुभवी खेलाडी भने टोलीमा परेका छैनन् । तिब्रगतिका बलर म्याट हेनरी पनि चोटका कारण टोलीमा छैनन् । काइल जामिसन पनि टोलीमा परेका छैनन् । 

निक केलीले पहिलो पटक न्युजिल्यान्डको टोलीमा स्थान पाएका छन् । उनी माथिल्लो क्रमका ब्याट्सम्यान हुन् । प्लनकेट शील्डमा चार शतकसहित कुल सात सय ४९ रन बनाएपछि उनी राष्ट्रिय टोलीमा परेका हुन् ।

मोहम्मद अब्बासले पनि एकदिवसीय टोलीमा स्थान पाएका छन् । उनी पाकिस्तानमा जन्मिएका हुन् । उनी केवल एक वर्षको हुँदा उनको परिवार न्युजिल्यान्डमा बसाई सरेको थियो । फोर्ड ट्रफीमा उत्कृष्ट प्रदर्शन गर्दै कुल तीन सय ४० रन बनाएपछि उनी किविज टोलीमा परेका हुन् । 

आदि अशोक पनि लामो समयपछि न्युजिल्यान्डको टोलीमा फर्किएका छन् । न्युजिल्यान्ड र पाकिस्तानबिचको पहिलो एकदिवसीय मार्च २९ तारिखमा खेलिने छ । दोस्रो खेल अप्रिल २ र तेस्रो खेल अप्रिल ५ तारिखमा खेलिने छ ।

हाल न्युजिल्यान्डले घरेलु मैदानमा पाकिस्तानसँग टी–२० अन्तर्राष्ट्रिय शृंखला खेलिरहेको छ । पाँच खेलको टी–२० शृंखलामा न्युजिल्यान्ड ३–१ ले अगाडि छ । पहिलो, दोस्रो र चौथो खेलमा न्युजिल्यान्ड विजयी भएको थियो । तेस्रो खेल भने पाकिस्तानले जितेको थियो । पाँचौँ तथा अन्तिम खेल बुधबार खेलिने छ ।

एकदिवसीय शृंखलाका लागि घोषित न्युजिल्यान्डको टोलीमा टम लाथम ९कप्तान०, मुहम्मद अब्बास, आदी अशोक, माइकल ब्रासवेल, मार्क चपम्यान, ज्याक डफी, मिच हाय, निक केली, ड्यारल मिचेल, विल ओ’रुर्क, बेन सियर्स, नाथन स्मिथ र विल योङ रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप